फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व आर्थिक अवस्था जोखिममा

(GMT+08:00) 2019-10-10 18:47:39

हाल सारा विश्वको आर्थिक भविष्यको सन्दर्भमा अन्तर्राष्ट्रिय समाजको चिन्ता दिनप्रति दिन बढ्दै आएको देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष संगठन (आइएमएफ)का नव नियुक्त महाप्रबन्धक क्रिस्टलिना गेओर्गिएभाले व्यापारिक युद्ध लगायतका कारक तत्वको नराम्रो असर परेकाले सारा विश्वको आर्थिक वृद्धि दर सन् २०१० पछि यता न्यूनतम स्तरमा झर्ने चेतावनी दिनुभएको छ। सारा विश्वको आर्थिक खतरा बढ्दै गएको अवस्थाबारे अस्ट्रेलिया, सिंगापूर, इण्डोनेशिया र क्यानाडा यी चारवटा मुलुका वित्त मन्त्रीहरूले हाल संयुक्त नाउँमा लेख प्रकाशित गर्दै बहुपक्षीयतावाद नै वर्तमान विश्वको राजनीतिक र आर्थिक चुनौतीको सामना गर्ने एउटा मात्र छनौट हो भन्ने कुरामा जोड दिएका छन्। त्यस कुराबाट के प्रमाणित गरिएको छ भने बहुपक्षीयतावाद भन्ने मतैक्यलाई सबल पार्ने र स्वतन्त्र व्यापारिक परिपाटीको सँरक्षण गर्ने आवश्यकता झन् स्पष्ट हुँदै गएको छ।

अनेकन् अनिश्चित कारकतत्वको सामना गर्दा अन्तर्राष्ट्रिय समाजले विभिन्न क्षेत्र र तहबाट बहुपक्षीयतावादको प्रचार-प्रसार गर्नु र त्यसलाई व्यवहारमा उतार्नुपर्छ।

पहिलो, ठूला मुलुकहरूले बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारिक नियमको सँरक्षण गर्नका लागि अझ बढी कर्तव्यभार बहन गर्नुपर्छ।

दोस्रो, विकसित मुलुकहरूले विश्व विकासको मुख्य प्रवृती बमोजिम सारा विश्वको सञ्चालन गर्ने र बहुपक्षीय नियमको तर्जुमा गर्ने प्रक्रियामा भाग लिने अधिकार उदियमान मुलुकहरूलाई दिनुपर्छ।

यसका अतिरिक्त, सम्बद्ध मुलुक र आर्थिक समुदायले सहकार्य गर्ने विश्वासलाई सुदृढ पारी हस्तक्षेप त्यागेर आर्थिक एकरुपतालाई अघि बढाउने कारवाईमार्फत सारा विश्वको आर्थिक खतरालाई कम पार्नुपर्छ।

जानकारी तथा लेखहरु