फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह

(GMT+08:00) 2019-10-11 15:09:40

विश्व अर्थतन्त्रमा बलियो पक्कड जमाएको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्राध्यक्ष सी चिनफिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ। राष्ट्राध्यक्ष सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटकको आगमनमा बढोत्तरी हुने देखिएको छ।

चीन असल छिमेकी मित्रराष्ट्र मात्र हैन, आर्थिक सहायता, पर्यटन, व्यापार प्रवद्र्धन, पूर्वाधार विकास, सांस्कृतिक सम्बन्धको अटुट आयाम भएको साझेदार मुलुक भएको राससले जनाएको छ। राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ। महाशक्ति राष्ट्रका रुपमा उदाएको छिमेकी मुलुक चीनले विश्व पर्यटनमा सबैभन्दा बढी योगदान गरिरहेको छ, अर्थात् चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०१८ मा १४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन्।

विश्व अर्थतन्त्रको दोस्रो ठूलो छिमेकी मुलुक चीन र अर्थतन्त्रमा उदीयमान मुलुक भारत नेपालको पर्यटन बजारका मुख्य स्रोत मानिन्छन्। यी मुलुकबाट हरेक वर्ष पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ। पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट पर्यटक बढिरहेका छन्। नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ। पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तररुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ। बोर्डका अनुसार सन् २०१९ को आठ महीना ९जनवरीदेखि अक्टोबरसम्म० को अवधिमा सात लाख ८२ हजार ६०० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्।

उक्त अवधिमा चीनबाट मात्रै एक लाख छ हजार ५० चिनियाँ नागरिक नेपाल आएका छन्। जुन सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो। सन् २०१८ मा इतिहासकै सबैभन्दा बढी १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। जसमा चीनबाट एक लाख ३४ हजार ३६२ पर्यटक नेपाल आए।

तेइस वर्षपछि हुन लागेको चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विज्ञहरु बताउँछन्। राष्ट्राध्यक्ष सीको भ्रमणले नेपाललाई विश्व पर्यटनको थप आकर्षक गन्तव्यका रुपमा स्थापित गराउने उनीहरुको विश्वास छ। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणले संसारभर नेपालको प्रवद्र्धन हुने र चीनबाट मात्र नभई विश्वका अन्य मुलुकबाट पनि चिनियाँ पर्यटक बढ्ने बताउनुभयो।

जानकारी तथा लेखहरु