फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-नेपालबीचको सम्पर्क सञ्जाल सँयुक्त रूपमा निर्माण

(GMT+08:00) 2019-10-11 17:11:41

चीन र नेपाल यी दुई मुलुकबीचको"हिमालय वारपार"आदान-प्रदानको सम्पर्क सञ्जाल सँयुक्त रूपमा स्थापित छ। हाल यी दुई मुलुकका नेताहरूको साझा प्रयासमार्फत सो सम्पर्क सञ्जालको विकास गर्दैआएको छ।

उड्ड्यन सम्पर्क क्रस हिमालय सम्पर्क सञ्जालको एउटा महत्वपुर्ण भाग हो। चीनको तिब्बती नागरिक उड्ड्यनको विकास लगानी कम्पनी तथा नेपालको यति एयरलाइन्सको सँयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्स कम्पनीको मुख्यालय कार्यालय नेपालको काठमाडौंमा छ। यसै हिमालय एयरलाइन्सले सन् २०१९ अक्टुबरको अन्तबाट पैचिङदेखि काठमाडौंसम्म प्रत्यक्ष उडान शुरू गर्ने भएको छ।

उड्ड्यन सम्पर्क जस्तै भूमिबीचको सम्पर्क पनि नेपाल-चीनबीचको एउटा महत्वपूर्ण पाटो हो। सन् २०१५ मा नेपालको तातोपानी नाका भूकम्पको कारण बन्द भएपछि चीन सरकारको सहयोगमा पुनःनिर्माण भइसकेको छ साथै सन् २०१९ बाट उक्त नाका सञ्चालनमा आइसकेको छ।

नेपालको अरनिको राजमार्ग स्तरोन्नति सन् २०१३ मा चीन सरकारको सहयोगमा भएको थियो भने सन् २०१८ बाट पूर्ण रूपमा सञ्चालनमा आएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नेपालको राजकीय भ्रमणमार्फत यी दुई मुलुकबीचको आदान-प्रदान बढ्नुका साथै थप वास्तविक उपलब्धि हासिल हुने सम्भावना छ।

जानकारी तथा लेखहरु