फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा नेपालको राजकीय भ्रमण

(GMT+08:00) 2019-10-11 19:17:30

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ। जुन चीनका राष्ट्राध्यक्षले २३ वर्षपछि नेपालको भ्रमण गर्न लागेको हो। चाइना मिडिया ग्रुप र नेपाली राष्ट्रिय टेलिभिजनले ११ तारिख काठमाडौंमा संयुक्त रुपमा वृत्तचित्र खिच्ने शुभारम्भ समारोहको आयोजना गर्नुका साथै समारोह स्थलमा "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करण सार्वजनिक गरेको छ।

चाइना मिडिया ग्रुपका नेपाली सञ्चालकले "सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू" शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमको नेपाली भाषा संस्करणबारे जानकारी दिएका थिए। उपस्थित दर्शकहरूले भिडियो अवलोकन गरेपछि प्रशंसा गर्नुका साथै आफ्नो मातृभाषामा स्पष्टसँग राष्ट्राध्यक्ष सी चिनफिङको विचारधारा बुझ्नपाएको मात्र नभई चिनियाँ संस्कृतिबारेमा समेत जानकारी पाएको बताएका छन्।

"सी चिनफिङलाई मन पर्ने ऐतिहासिक भनाइहरू"शीर्षकको शृंखलाबद्ध भिडियो कार्यक्रमलाई नेपाली राष्ट्रिय टेलिभिजनमा प्रसारण गरिनुबाहेक नेपाली मुख्य वेबसाइट सेतोपाटी अनलाइन र लेफ्ट भ्युलगायतका नयाँ मिडिया चौतारोमा पनि प्रसारण गरिने छ।

जानकारी तथा लेखहरु