फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवा व्यापारको विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्नुपर्ने

(GMT+08:00) 2019-10-11 20:12:56

विश्व व्यापार सँगठनले हालै स्विजरल्याण्डको जेनेभामा प्रकाशित गरेको "२०१९ विश्व व्यापार प्रतिवेदन"ले सेवा व्यापार अन्तर्राष्ट्रिय व्यापारको सबैभन्दा महत्वपूर्ण पाटो भएको उल्लेख गरेको छ। साथै विश्व व्यापारको कूल मात्रामा सेवा व्यापारको अनुपात सन् १९७०को ९% बाट हाल २०%सम्ममा वृद्धि भएको छ। यो अनुपात आगामी दशौं बर्षसम्म पनि सक्रीय रूपमा वृद्धि हुने सम्भावना भएको लेखेको छ। सेवा व्यापारको विकास बलियो हुँदैआएको साथै व्यापारिक सँरक्षणवाद तथा एकपक्षीयवाद गम्भीर भएको कारणले सेवा व्यापार क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्न धेरै महत्वपूर्ण मानिएको छ।

सेवा व्यापारको विकासले विभिन्न मुलुकको आर्थिक विकासको उपायलाई परिवर्तन गर्ने, उद्योग व्यवसायको संरचनालाई सुधार गर्ने र रोजगारको मौकालाई वृद्धि गर्नसक्छ। सेवा व्यापारको अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्न अन्तर्राष्ट्रिय सहकार्यको नयाँ चौतारोलाई विस्तार गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

सो प्रतिवेदनमा सन् २०४० सम्म सेवा व्यापार विश्व व्यापारको कूल मात्राको ३०% पुग्ने सम्भावना भएको जनाएको छ।

जानकारी तथा लेखहरु