फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समस्याको समाधानका लागि मतभिन्नतालाई पन्छाएर समान विन्दु खोज्नुपर्छ

(GMT+08:00) 2019-10-12 09:24:18
नयाँ चरणको चीन-अमेरिका आर्थिक व्यापारिक उच्चस्तरीय परामर्श हिजो वाशिन्टनमा सम्पन्न भएको छ। दुई दिन चलेको परामर्शमा दुई मुलुकका राष्ट्रनायकबीच सम्पन्न सहमतिको निर्देशनमा दुवै पक्षले हार्दिक, प्रभावकारी तथा रचनात्मक छलफल गरेका छन्। दुवै पक्षले कृषि, बौद्धिक सम्पदाको संरक्षण, विनिमय दर, बैंकिङ सेवा, व्यापारिक सहयोगको विस्तार, प्रविधि हस्तान्तरण, वाद-विवादको समाधान लगायत क्षेत्रमा व्यावहारिक प्रगति हासिल गरेका छन्।

यस्तो परिणामको प्रशंसा गर्नुपर्छ। चीन तथा अमेरिकाले बौद्धिक तथा व्यावहारिक धारणा लिएर समस्याको समाधान गर्नतर्फ एउटा पाइला सारी व्यापारिक विवादलाई अझ गम्भिर पार्नबाट जोगाएका छन्। जुन अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो।

चीन र अमेरिका विश्वका पहिलो तथा दोस्रो आर्थिक समूहको रुपमा तिनीहरुबीचको व्यापारिक समस्या निकै जटिल रहेकोले समस्याको समाधानका लागि समय पनि लाग्छ। चीन र अमेरिकाबीचको सम्बन्ध स्थापना भएको ४० वर्षदेखि दुई मुलुकबीच सहयोगका साथै प्रतिस्पर्धा तथा संकट पनि देखापरेको छ। तथापि समस्याको समाधानका लागि मतभिन्नतालाई पन्छाएर समान विन्दु खोज्ने कुरालाई कायम राखिएपछि दुवै मुलुकबीच मेलमिलापको प्रारुपको निर्माण हुँदैछ। छलफल तथा सहयोगमार्फत समस्याको समाधान गर्न चीन इच्छुक रहेको छ, तथापि महत्वपूर्ण समस्यामा चीन पछि हट्ने छैन।

भावी परिस्थितिमा जुनसुकै परिवर्तन देखिएतापनि चीनले निरन्तर रुपमा सुधारलाई गहन पार्नुका साथै खुलापनको विस्तार गर्नेछ।

जानकारी तथा लेखहरु