फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा सहकार्यलाई बढाइने

(GMT+08:00) 2019-10-12 18:56:18

अक्टुबर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट-वार्ता भएको छ। सो वार्तामा विकासोन्मुख मुलुकको हित तथा अधिकार सुरक्षा गर्नका लागि चीन र भारतले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा सहकार्यलाई थप बढाउनुपर्ने र विश्वव्यापी चुनौतीको संयुक्त रूपमा समाधान गर्नुपर्ने पक्षमा उहाँहरूले जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले राष्ट्र संघको नीति बमोजिम निर्माण भएको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानून अनुसारको अन्तर्राष्ट्रिय व्यवस्थापनलाई चीन तथा भारतले संयुक्त रूपमा संरक्षण गर्नुपर्ने विषयलाई महत्व दिनुभएको छ।

प्रधानमन्त्री मोदीले चीनसँग मिलेर "क्षेत्रीय आर्थिक साझेदारी सम्बन्धको प्रस्ताव"लाई सकेसम्म छिटो पुरा गर्ने साथै चीनसँगको सम्पर्क सञ्जालको सहकार्यलाई शुरू गर्ने व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु