फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतद्वारा रणनीतिक उचाइबाट दुवै देशको विकास गर्ने सय वर्षीय योजनाको तर्जुमा

(GMT+08:00) 2019-10-12 22:37:17

चीन र भारतका नेतागणको दोस्रो अनौपचारिक भेटवार्ता ११ देखि १२ तारिखसम्म भारतको दक्षिणी भागको चेन्नईमा आयोजना गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीन-भारत सम्बन्ध र साझा चासो भएका अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयबारे सदिच्छा र गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको छ।

भेटवार्ताका क्रममा रणनीतिक उचाइबाट दुवै देशको विकास गर्न सय वर्षीय योजनाको तर्जुमा गर्नुका साथै चीन-भारत सम्बन्धको विकासलाई सशक्त जिवन्त शक्ति थप्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

भारतीय पक्षले चीनका सर्वोच्च नेतालाई निकै हार्दिक अभिवादन र स्वागत गरेको छ। प्रधानमन्त्री मोदी स्वयम आफैंले राष्ट्राध्यक्ष सीका साथमा हजारौं वर्षको इतिहास बोकेको प्राचीन मन्दिरको दृश्यावलोकन गर्नुभएको छ। त्यस कुराबाट दुवै देशले लामो ऐतिहासिक संस्कृतिबाट सिकेर सहकार्य र विकासको लक्ष्यलाई साकार तुल्याउने अभिलाषा स्पष्टसँग प्रतिबिम्बित भएको छ।

जानकारी तथा लेखहरु