फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष र नेपाल संघीय संस्थानका अध्यक्ष भेटवार्तामा

(GMT+08:00) 2019-10-13 15:40:49

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले हिजो बाह्र तारिख काठमाण्डौंमा संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ। सीका अनुसार नेपाल भ्रमणको अवधि छोटो भए तापनि राष्ट्रपति,प्रधानमन्त्री,गृहमन्त्री,विभिन्न पार्टीका नेता,सर्वसाधारणबाट चीनप्रति देखाइएको हार्दिक मैत्रीपूर्ण भावनाको अनुभव सीले गर्नुभएको छ। जसबाट चीन र नेपालबीचको मित्रता नेपालमा हिमालय जस्तै अग्लो भएको प्रतिबिम्बित भएको छ। चीनले नेपाली विधायकी संस्थासँग आपसी आदानप्रदान तथा सहयोगलाई प्रवर्द्धन गर्दै आपसी मित्रतालाई सुद्दढ पार्न प्रयास गर्दै जाने आशा गरेको छ।

अध्यक्ष तिमिल्सिनाका अनुसार राष्ट्राध्यक्ष सीको नेतृत्वमा नयाँ चीनले उल्लेखनीय महान उपलब्धि हासिल गरेको छ भने चीनले आफ्नो जनगणतन्त्र चीन पुनरुत्थानको महान कल्पनालाई साकार तुल्याउने विश्वास रहेको छ। चीनले दीर्घकालीन रुपमा नेपाललाई सहायता प्रदान गरेकोमा नेपालले धन्यवाद व्यक्त गर्दै निरन्तर रुपमा एक चीनको नीति कायम राख्दै जाने छ। नेपालका विधायक संस्थाहरूले चिनियाँ विधायकी संस्थासँग आदानप्रदान तथा सहयोगलाई प्रवर्द्धन गर्दै आपसी मित्रताका लागि सक्रिय प्रयास गर्ने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु