फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-भारत नेतास्तरीय अनौपचारिक वार्ताको भारतमा उच्च मूल्याङ्कन

(GMT+08:00) 2019-10-13 17:10:50

दुई दिने चीन-भारत नेतास्तरीय अनौपचारिक भेट-वार्ता अक्टुबर १२ तारिख सफलताका साथ सम्पन्न भएको थियो। भारतीय समाजका विभिन्न क्षेत्रहरूले सो वार्तालाई उच्च महत्व दिनुका साथै उच्च मूल्याङ्कन गरेका छन्। आगामी दिनमा यी दई मुलुकको सम्बन्धको विकास स्वस्थ तथा स्थीर हुने अपेक्षा समेत गरिएको छ।

भारतीय "न्यूज मोबाइल"का संस्थापक एवम् मुख्य सम्पादक सौरभ शुक्लाले अन्तवार्तामा उक्त भेट-वार्ताबाट भारत र चीनबीचको पारस्परिक सम्मान तथा विश्वासलाई अघि बढाउनसक्ने साथै दुई पक्षीय सम्बन्धलाई नयाँ स्तरमा पुर्याउनसक्ने आशा लिनुभएको छ।

जवाहरलाल नेहरू विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध अनुसन्धान प्रतिष्ठानका प्राध्यापक स्वरन सिँहले भारत तथा चीनको प्रतिनिधित्वमा नवोदित बजारका मुलुकहरू सक्रीय रूपमा विकसित हुँदै आएको व्यक्त गर्नुभयो। साथै बहुपक्षीयवादी अन्तर्राष्ट्रिय प्रणालीले अहिलेको विश्व परिस्थितिमा ठूलो चुनौतीको सामना गरेको देखिन्छ भन्दै यस वातावरणमा भारत र चीनसँगको विकास तथा सहकार्यको भविष्य उज्ज्यालो भएको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु