फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहकार्य नै चीन र अमेरिका दुवै पक्षका लागि सबैभन्दा राम्रो छनौट

(GMT+08:00) 2019-10-13 17:18:52

दुई दिनसम्म चलेको नयाँ चरणको चीन-अमेरिका आर्थिक र व्यापारिक उच्च तहको विचार-विमर्श ११ तारिख वासिङ्गटनमा सम्पन्न भएको छ। दुवै पक्षले दुवै देशका राष्ट्रप्रमुख बीच सम्पन्न महत्वपूर्ण मतैक्य बमोजिम कृषि, बौद्धिक सम्पदा अधिकारको सँरक्षण, बिनिमय दर, बैकिङ सेवा, व्यापारिक सहकार्यको विस्तार, प्राविधिक हस्तान्तरण र मतभेदको समाधान गर्ने आदि पक्षमा वास्तविक प्रगति प्राप्त गरेका छन्। साथै दुवै पक्षले आगामी विचार-विमर्शमा छलफल गर्दै संयुक्त रुपमा अन्तिम सम्झौता सम्पन्न हुने दिशातर्फ प्रयास गर्दैजाने सहमति पनि जनाएका छन्।

उक्त खबर प्रसारित गरिएपछि तुरुन्तै सारा विश्वको शेयर बजार माथि उकासेको देखिन्छ। शेयर बजारबाट देखिएको सकारात्मक संकेतले चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धको राम्रो व्यवस्थापन चीन, अमेरिका र समस्त विश्वका लागि हितकर हुनेछ।

यस पटकको विचार-विमर्शको नतिजाबाट आपसी मतभेदको व्यवस्थापन गर्न र आपसी सहकार्यको विस्तार गर्न दुवै पक्षले गरेको प्रयास प्रतिबिम्बित भएको देखिएको छ।

जानकारी तथा लेखहरु