फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी नेपाली राष्ट्रपति भण्डारीद्वारा आयोजित स्वागत भोजमा सहभागी

(GMT+08:00) 2019-10-13 18:41:24

अक्टुबर १२ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिन फिङ काठमाडौंमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित स्वागत भोजमा सहभागी भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

नेपालका उप राष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, सबै मन्त्रीमण्डलका सदस्यहरू, नेपालका मुख्य पार्टीहरूका नेताहरू, सरकारी उच्च अधिकारीहरू तथा पूर्व अधिकारीहरू र विभिन्न क्षेत्रका प्रतिनिधिहरू सो स्वागत भोजमा सहभागी भएका छन्।

नेपालका कलाकारहरूले सो स्वागत भोजमा नेपाली परम्परागत गीत तथा नृत्यका कार्यक्रमहरू प्रदर्शन गर्नुका साथै"म र मेरी मातृभूमि"शीर्षक चिनियाँ प्रसिद्ध गीतसमेत विविध सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन गरिएको थियो।

जानकारी तथा लेखहरु