फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिन फिङको नेपाल भ्रमण सम्बन्धमा नेपाली सञ्चार माध्यमहरुका चर्चित विषयहरू

(GMT+08:00) 2019-10-13 20:38:22

चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नेपालको राजकीय भ्रमणलाई नेपालका मुख्य सञ्चार माध्यमले उच्च ध्यान दिएका छन्। सञ्चार माध्यमहरुले टिप्पणी लेख प्रकाशित गर्दै यस पटकको भ्रमणले नेपाल-चीन सम्बन्धलाई एउटा नयाँ उचाईमा पुर्‍याएको र नेपालको विकासका लागि ऐतिहासिक अवसर प्रदान गर्ने जनाएका छन्।

नेपालको गोरखा पत्रको वेबसाइटमा अक्टोबर १३ तारिख "सभ्यताको पुनःउदयमा सीका पाइला" शीर्षकमा टिप्पणी लेख प्रकाशित भएको छ। सो टिप्पणीका अनुसार, राष्ट्राध्यक्ष सीको नेतृत्वमा रहेको चीन क्रमश: पुन:उत्थान हुँदै आएको छ र चीनको विकास देखेर नेपाली जनता धेरै खुसी भएका छन्।

नेपालको इकान्तिपुर वेबसाइटमा अक्टोबर १३ तारिख "सी भ्रमणको भावनात्मक लहर" शीर्षकमा टिप्पणी लेख प्रकाशित भएको छ। सो टिप्पणीका अनुसार, राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणको अवधिमा नेपाल र चीन बीच धेरै सम्झौता सम्पन्न भएको छ, जसले दुई मुलुकका जनता बीचको दूरीलाई घटाउने छ। राष्ट्राध्यक्ष सीले भन्नुभएको झैं, नेपाल-चीन मैत्री "नयाँ उचाई"मा पुग्नेछ।

 

नेपालको अन्नपूर्ण पोस्ट वेबसाइटमा अक्टोबर १३ तारिख "चिनियाँ सहयोग अपेक्षा र यथार्थ" शीर्षकमा टिप्पणी लेख प्रकाशित भएको छ। सो टिप्पणीका अनुसार, राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण नेपालका लागि एउटा महत्वपूर्ण सुअवसर हो। चीनले नेपालमा बढी लगानी गर्नेछ भने नेपाल र चीनले विभिन्न क्षेत्रको सहयोगको विस्तार गर्ने छन्।

नेपालको नागरिक न्युज वेबसाइटमा अक्टोबर १३ तारिख "सीको स्वागत" शीर्षकमा टिप्पणी लेख प्रकाशित भएको छ। सो टिप्पणीका अनुसार, राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणबाट नेपाल लाभान्वित हुनेछ। उहाँको भ्रमणले नेपालको आर्थिक विकासमा अरु बढी प्रेरित शक्ति प्रदान गर्नेछ।

जानकारी तथा लेखहरु