फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी तथा नेपाली प्रधानमन्त्री ओली बीच भेट-वार्ता

(GMT+08:00) 2019-10-13 20:40:24

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओली बीच अक्टोबर १३ तारिख काठमाडौंमा भेट-वार्ता भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

वार्ताका क्रममा राष्ट्राध्यक्ष सीले चीनलाई विभाजन गर्न खोज्ने जो कोहीलाई नष्ट गरिने र निराश हुनपर्ने बताउँदै कुनै पनि विदेशी शक्तिहरूको चीनको विभाजनको दुष्प्रयासलाई विफल बनाउने औंल्याउनुभएको छ।

राष्ट्राध्यक्ष सीले नेपालसँग हिमाल वारपार अन्तरदेशीय सम्पर्क सञ्जालको निर्माण गर्न चीन इच्छुक रहेको व्यक्त गर्नुभएको छ। चीनले सीमावर्ती नाका खोल्ने, दुई देश बीचको सीधा उडान बढाउने, सूचना सम्बन्धी सहयोगलाई सबल पार्ने जानकारी पनि उहाँले दिनुभयो।

राष्ट्राध्यक्ष सीले आर्थिक विकास र जनजीवनको सुधार गर्ने सन्दर्भमा नेपाललाई चीनले समर्थन गरेको बताउँदै नेपालसँग अझ नीतिगत सम्पर्क राखेर शिक्षा, पर्यटन र स्थानीय क्षेत्रको आदान-प्रदानलाई प्रवर्द्धन गर्दै जान चीन इच्छक रहेको औँल्याउनुभएको छ।

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले चीनको सार्वभौमिकता तथा भौगोलिक अखण्डता जोगाउन नेपालले बलियो समर्थन गर्ने बताउनुभएको छ। साथै नेपालले सदैव एक चीन नीतिलाई अडिग रूपमा लागू गर्ने र चीनविरूधको गतिविधिका लागि नेपालको भूभागको कदापी प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले नेपालसँग हिमाल वारपार अन्तरदेशीय सम्पर्क सञ्जालको निर्माणको अपेक्षामा नेपाल रहेको भन्दै अरु बढी चिनियाँ व्यवसायीहरुलाई नेपालमा लगानी लगाउन स्वागत गर्नुभयो।

वार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपालमा लगानी लगाउन अझ बढी चिनियाँ व्यवसायी तथा लगानीकर्तालाई स्वागत गर्नुका साथै बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपालको भ्रमण गर्न स्वागत गर्नुभएको छ।

वार्तापछि दुवै पक्षले संयुक्त रुपमा "जन गणतन्त्र चीन र नेपालको संयुक्त वक्तव्य" जारी गरेका छन्।

जानकारी तथा लेखहरु