फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपाल सम्बन्धमा नयाँ युग आरम्भ

(GMT+08:00) 2019-10-14 10:49:01

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १३ तारिख नेपालको दुई दिने राजकीय भ्रमण पूरा गर्नुभएको छ। यो २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको नेपालको पहिलो राजकीय भ्रमण हो। जसले चीन र नेपाल बीचको मैत्रिपूर्ण सहयोगमा नयाँ युग आरम्भ गरेको छ।

पहिलो, द्वीपक्षीय सम्बन्धमा नयाँ स्थानको स्थापना भएको छ। चीन र नेपाल हिमाल र नदी जोडेका छिमेकी मुलुक हुन्। १६०० वर्षअघि दुई देशका भिक्षुहरूले बुद्ध धर्मशास्त्रको अनुवाद गरेका थिए। नेपाली राजकुमारी भृकुटीले चीन आएर प्राचीन तिब्बती राजा स्रङचन गम्पोसँग विवाह गरेकी थिइन्। थाङ राजवंशमा प्रसिद्ध भिक्षु ह्येन साङले नेपालको भ्रमण गरेका थिए। नेपालका शिल्पकार अरनिकोले पैचिङमा श्वेत चैत्य मन्दिरको निर्माण गरेका थिए। इतिहासका मैत्रिपूर्ण घटनाले दुई देशबीचको गहिरो मित्रता पुष्टि गरेका छन्। यस राष्ट्राध्यक्ष सीको नेपालको भ्रमणको क्रममा दुई देशका राष्ट्रप्रमुखले विकास तथा समृद्धिका सामु युगौंयुग मैत्रिपूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्ने घोषणा गर्नुभयो। यो घोषणाले १० वर्षअघिको निश्चित चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई रणनैतिक सहयोगात्मक सम्बन्धमा माथि उकासेको छ। जसबाट भविष्यमा दुई देशको सहयोग अझ व्यापक हुनेछ र विकास तथा समृद्ध उन्मुख छ।

दोस्रो, चीन र नेपालको सहयोग तथा विकासमा नयाँ मौका सिर्जना हुनेछ। गत वर्ष द्विपक्षीय व्यापारिक रकम १ अरब १०करोड अमेरिकी डलर हुनुका साथै नेपालका लागि चीनको लगानी ३० करोड डलरभन्दा बढी पुगेको छ। गत वर्ष कूल १ लाख ५० हजार चिनियाँ पर्यटक नेपालमा यात्रा गरेका छन्। साथै नेपाल दक्षिण एशियामा "बेल्ट एण्ड रोड"को निर्माण गर्ने महत्वपूर्ण साझेदारी हो। यो नेपालको "समृद्ध नेपाल, सुखी नेपाली" लक्ष्य साकार तुल्याउनका लागि सहयोगी हुनेछ।

नेपालका प्रधानमन्त्री ओलीले चीनको विकास तथा समृद्धले नेपाललाई महत्वपूर्ण मौका दिने भन्नुभयो। भविष्यमा आधारभूत प्रबन्धलगायत क्षेत्रमा चीनको लगानीले नेपालको आर्थिक विकास तथा जनजीवनको सुधारमा सहयोग दिनेछ।

अन्त्यमा, चीन र नेपालको आपसी राजनैतिक विश्वास अझ सुदृढ भएको छ। दुइ देशले आपसी केन्द्रिय हितकर मामिलामा निरन्तर रूपमा एक आपसलाई समर्थन दिने छन्। राष्ट्राध्यक्ष सीले चीनलाई विभाजन गर्न खोज्ने जो कोहीलाई नष्ट गरिने र निराश हुनपर्ने बताउँदै कुनै पनि विदेशी शक्तिहरूको चीनको विभाजनको दुष्प्रयासलाई विफल बनाउने औंल्याउनुभयो। नेपालका प्रधानमन्त्री ओलीले चीनविरूधको गतिविधिका लागि नेपालको भूभागको कदापी प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो। यो दुई देशबीच विकसित अनुभव बाँड्न र व्यावहारिक सहयोग गर्नका लागि सुदृढ राजनैतिक आधार तयार गरेको छ।

चीन र नेपाल बीच संयुक्त रूपमा सर्वोच्च शिखर सगरमाथा रहेको छ। हिमालय दुई देशलाई जोड्ने मैत्रिपूर्ण पुल हो। आगामी वर्ष चीन र नेपालको दौत्य सम्बन्ध स्थापनाको ६५औं वार्षिकोत्सव हुनेछ। नयाँ आरम्भबाट चीन र नेपालले आपसी राजनीतिक विश्वास र खुलापनलाई सबल पारी दुई देशको भाग्य समूदायको निर्माण गरी हिमालय वारपारको मित्रतालाई नयाँ उचाइमा पुर्याउने छन्।

जानकारी तथा लेखहरु