फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा राष्ट्राध्यक्षको दक्षिण एशिया यात्राको मूल्याङ्कन

(GMT+08:00) 2019-10-14 15:47:59
यस अक्टोबर 11देखि 13तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङले भारतमा चीन-भारत नेतास्तरीय दोस्रो अनौपचारिक वार्तामा भाग लिनुका साथै नेपालको राजकीय भ्रमण गर्नुभएको छ। स्वदेशी तथा विदेशी जनमतले सीको उक्त दक्षिण एशिया यात्रालाई ध्यान दिँदै यसलाई एक महत्वपूर्ण ऐतिहासिक भ्रमण मानेको छ। परराष्ट्र मन्त्री वाङ्ग यीले राष्ट्राध्यक्ष सीको उक्त भ्रमणबारे जानकारी दिँदै यस भ्रमणसँग प्रचुर उपलब्धि रहेको जसले चीन र यी दुबै मुलुकबीचको सम्बन्धको विकासका लागि नयाँ प्रवर्द्धन शक्ति सिर्जना गरेको व्यक्त गर्नुभएको छ। उहाँका अनुसार राष्ट्राध्यक्ष सी र भारतीय प्रधानमन्त्री मोदीले प्रभावकारी सहयोगलाई विस्तार गर्नेबारे स्पष्ट उद्देश्य र विचार प्रस्तुत गर्दै उच्चस्तरीय आर्थिक तथा व्यापारिक वार्ता प्रणालीको स्थापना गर्दै आर्थिक विकास सम्बन्धी राजनीतिक सम्पर्कलाई मजबुत बनाउने सहमति छ। बढ्दो एकपक्षीयतावाद र संरक्षणवाद उन्मुख यी दुबै पक्षले संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानूनमा आधारित अन्तर्राष्ट्रिय परिपाटीको संयुक्त संरक्षण गर्न स्वीकार गरेका छन्।

नेपाल नै राष्ट्राध्यक्ष सीको यस भ्रमणको दोस्रो गन्तव्य हो। 23वर्षपछि चिनियाँ राष्ट्राध्यक्षले नेपालको भ्रमण गरेबाट यी दुबै मुलुकबीचको सम्बन्धलाई नयाँ उचाईँमा पुर्‍याइने छ। राष्ट्राध्यक्ष सी र नेपाली नेताहरुबीच भएको सहमतिअनुसार चीन र नेपालले बेल्ट एण्ड रोडको संयुक्त निर्माण गर्दै बन्दरगाह,मार्ग,रेलमार्ग,हवाई,सञ्चार आदि क्षेत्र सम्बन्धी परियोजनामार्फत् हिमालयपार त्रि-आयामिक सम्पर्क सञ्जालको निर्माणलाई तीव्र बनाउने छ।

राष्ट्राध्यक्ष सीको यस दक्षिण एशिया भ्रमण चीनजस्तै विशेष ठूलो मुलुकको कूटनीतिको फेरि एकपटक सफल अभ्यास हो। चीनले निरन्तर रुपमा राष्ट्राध्यक्ष सीको सदिच्छापूर्ण तथा समेटिएको कूटनीतिक विचारलाई व्यवहारमा उतार्दै चीनको नयाँ कूटनीतिक अवस्था सिर्जना गर्दै जाने छ।

जानकारी तथा लेखहरु