फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणबाट नेपालको विकास सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको विश्वास

(GMT+08:00) 2019-10-14 18:21:50

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपालको भ्रमणबारे बोल्दै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले यस भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईँमा पुर्‍याएको बताउनुभएको छ। साथै उहाँले सीको भ्रमणले यी दुबै मुलुकबीचको मित्रतालाई गहन पार्नुका साथै नेपालको विकास सपनालाई साकार तुल्याउन सहयोगी हुने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले जोड दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले एक सफल तथा विशेष विकास बाटो अँगालेको छ। सतारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टीले सीको यस भ्रमणलाई अवसरको रुपमा लिँदै चीनको शासन अनुभव सिकेर आफ्नो विकासको बाटो सिर्जना गर्नसक्ने उहाँको आशा छ। साथै उहाँले यी दुबै मुलुकका युवालाई आपसी आदानप्रदान मजबुत बनाउँदै आपसी मित्रतालाई विस्तार गर्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु