फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका विभिन्न क्षेत्रद्वारा चिनियाँ राष्ट्राध्यक्षको भ्रमणको सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2019-10-15 16:53:04
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको नेपालको भ्रमण सम्पन्न भइसकेको छ। चीन र नेपालले आपसी विकास तथा समृद्धिलाई उन्मुख पुस्तौं पुस्ता मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको निर्माण गर्ने घोषणा गर्नुका साथै राष्ट्रिय योजना र नागरिक जीवन सम्बद्ध विभिन्न क्षेत्र सम्बन्धी २० सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। नेपालका विभिन्न क्षेत्रका जनमतका अनुसार राष्ट्राध्यक्ष सीको यस भ्रमणले प्रचुर उपलब्धि प्राप्त गरेको छ भने यी दुबै मुलुकबीचको सम्बन्ध र नेपालको भावी विकासका लागि एक सुन्दर भविष्य सिर्जना गरेको छ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालका अनुसार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति जटिल बन्दै गएको पृष्ठभूमिमा नेपालको मैत्रीपूर्ण छिमेकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपालको भ्रमण नेपाल राष्ट्र र जनताका लागि निकै महत्वपूर्ण भावार्थ रहेको छ। यस भ्रमणले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि विश्वास र प्रवर्द्धनको भूमिका सिर्जना गर्ने भएको छ।

केही दिनयता नेपालका विभिन्न मुख्य सञ्चार माध्यमको प्रथम स्थानमा राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण सम्बन्धी विषय रहेको छ। अक्टोबर १३ तारिख नेपालको पहिलो एचडी टेलिभिजन स्टेशन एपि वन टेलिभिजन स्टेशनका प्रमुख सम्पादक टीकाराम यात्रीसँग चाइना मिडिया ग्रुपका नेपाली सेवाकी सञ्चालिकाले अन्तर्वार्ता दिँदै सीको यस भ्रमणले यी दुबै मुलुकबीचको राजनीतिक, आर्थिक, सांस्कृतिक सम्बन्धका लागि ल्याउने प्रवर्द्धन भूमिकाबारे वैचारिक आदानप्रदान गरेका छन्। सम्पादक तथा प्रस्तोता टीकारामका अनुसार राष्ट्राध्यक्ष सीको यस भ्रमणले बेल्ट एण्ड रोडको प्रारुपमा रहेर निरन्तर रुपमा यी दुबै मुलुकबीचको सम्बन्ध उकास्ने छ।

जानकारी तथा लेखहरु