फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व खाद्य संरक्षणमा चीन सँधै सकारात्मक शक्ति

(GMT+08:00) 2019-10-15 18:51:06
चीन सरकारले १४ तारिखका दिन "चीनको खाद्य सुरक्षा" श्वेतपत्र प्रकाशित गरेको छ। सोसम्बन्धमा सीआरआईले आज "विश्व खाद्य संरक्षणमा चीन सँधै सकारात्मक शक्ति" नामक लेख प्रकाशित गरेको छ।

लेखमा एक अर्ब चालिस करोड चिनियाँले विश्व खाद्य सुरक्षाको लागि कुनै खतरा पैदा नगरेको बरू विश्वको सबैभन्दा जनसंख्या भएको देशमा खाद्य सुरक्षा सुनिश्चित भएको उल्लेख गरिएको छ। चीनद्वारा खाद्य सुरक्षामा ठूलो सफलता प्राप्त गर्नुको मुख्य कारण चीन आफैले चिनियाँ विशेषतासहित खाद्य सुरक्षाको लागि बाटो फेला पारेको लेखमा जनाइएको छ।

लेखमा चीन एक विकासोन्मुख देश भएको र विश्वको जनसंख्याको २० प्रतिशत भाग ओगटेको र आफैलाई उचित खाद्य उत्पादन गर्नु विश्वका लागि प्रमुख योगदान भएको जनाइएको छ। तर आफ्नो विकासका साथै चीनले अझै खुलापन र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न र विश्व खाद्य सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने कार्य जारी राखेको पनि लेखमा उल्लेख गरिएको छ। श्वेत पत्रमा भनिएको छ, यो प्रमाणित गर्न पर्याप्त छ कि विश्वभरि भोकमरीको समस्या समाधान गर्न चीनले ठूलो देशको जिम्मेवारी निभाएको छ।

जानकारी तथा लेखहरु