फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाद्वारा सबैभन्दा प्रभावकारी तरिकामार्फत समस्याको समाधान

(GMT+08:00) 2019-10-15 18:57:21
नयाँ चरणको चीन अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय वार्ता हालै वासिङ्गटनमा सम्पन्न भएको छ। वार्तामा यी दुवै पक्षले कृषि, बौद्धिक सम्पत्ति अधिकार, विनियम दर, बैकिङ सेवा, व्यापारिक सहयोग, विवादको समाधान आदि धेरै क्षेत्रमा प्रभावकारी प्रगति हासिल गरेका छन्।

विश्वका दुईवटा ठूलो आर्थिक समूहको रुपमा रहेका चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक क्षेत्रमा समस्या जटिल देखिन्छ जसकारण छोटो समयमै श्रृँखलाबद्ध रूपमा मतैक्य प्राप्त गर्नु सजिलो छैन। एक वर्षभन्दा बढी समयसम्मको वार्ता तथा संघर्ष पार गरी चीन र अमेरिकाबीच उपभोक्ता र उत्पादकको हितलाई प्रथम स्थानमा राखिनुपर्ने सहमति बनेको छ। साथै सजिलो अवस्थादेखि कठिन समस्यासम्म क्रमशः सहमति पाउनु नै समस्याको समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय हो।

चीन र अमेरिकाबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध नै समष्टिगत परिस्थितिलाई स्थिर बनाउने महत्वपूर्ण शक्ति हो। यस सम्बन्धको उचित समाधान नै चीन, अमेरिका र सारा विश्वको शान्ति तथा समृद्धिका लागि हितकर हुने छ। यो चीन र अमेरिकाद्वारा प्राप्त पछिल्लो सहमति हो।

जानकारी तथा लेखहरु