फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाद्वारा हङकङ मामिलामा हस्तक्षेप गरिएको व्यवहार अरूका साथै आफैलाई पनि हानिकारक

(GMT+08:00) 2019-10-16 18:21:40

अक्टुबर १५ तारिख अमेरिकाले प्रतिनिधि सभाबाट "सन् २०१९ हङकङ मानव अधिकार र लोकतन्त्र ऐन" पारित गरेको छ। यसबाट हङकङको कट्टरपन्थी शक्ति र हिंसात्मक व्यक्तिहरूलाई समर्थन गरिएको छ साथै चीनको सार्वभौमिकतामाथि गम्भिर रुपमा उल्लंघन गरिएको छ र चीनको आन्तरिक मामिलामाथि अशिष्ट हस्तक्षेप गरिएको छ। जसकारण चीनले यसको कडा निन्दा गर्नुका साथै कडा विरोध गरेको छ। यदि सम्बन्धित ऐन अन्तत: कानूनमा पारित गरियो भने यसले चीन र अमेरिकाबीचको सम्बन्धलाई मात्रै नोक्सान पुर्‍याउँदैन। यसले हङकङको समृद्धि र स्थायित्वलाई पनि नोक्सान पुर्‍याउँछ र यसले अमेरिकाको आफ्नो हितमा समेत गम्भीर रूपमा क्षति पुर्‍याउँछ।

चीन र अमेरिका दौत्य सम्बन्ध स्थापना भएको ४० वर्षदेखि सार्वभौमिकता र क्षेत्रीय अखण्डताको आपसी सम्मान र आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने नै चीन र अमेरिका बीचको आधारभूत सिद्धान्त हो। हालै चीन र अमेरिका बीचको सम्बन्ध झन् जटिल बन्दैगएको छ, दुबै पक्षले मतभेद र संवेदनशील समस्याको उचित तवरले समाधान गर्न आवश्यक छ।

जानकारी तथा लेखहरु