फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वित्तीय उद्योग विस्तारले चीनको अर्थतन्त्र बलियो रहेको देखाउँछ

(GMT+08:00) 2019-10-17 16:42:29

चीन सरकारले अक्टुबर १५ तारिखका दिन चीनको विदेशी बीमा कम्पनी व्यवस्थापन नियम र चीनको विदेशी बैंक व्यवस्थापन नियमको संशोधन गर्ने निर्णय सार्वजनिक गरेको छ। साथै चीनले बैंकिग र बीमा उद्योगको विस्तार पनि गरेको छ। समग्र विश्व अर्थतन्त्र नाजुक स्थितिमा रहेको अवस्थामा चीनको वित्तीय उद्योग विस्तार गर्ने नीति लगातार कार्यन्वयन भइरहेको छ। जसबाट चीनको अर्थतन्त्र बलियो रहेको देखाउँछ र विश्व आर्थिक क्षेत्रको विकासमा नयाँ शक्ति थप गरिएको छ।

यस पटकको दुई वटा नियम संशोधनले वैदेशिक बैंक र बीमा कम्पनीलाई चीनमा प्रवेश गर्ने शर्तहरुमा राहत दिएको छ। सोबाट झन् बढी वैदेशिक संस्थाहरु चीनमा प्रवेश गर्ने र चीनको विकास मौकाको फाइदा पाउने छन्।

वित्तीय उद्योग एक देशको आर्थिक मूल हो र वित्तीय बजार खोल्न ठूलो साहस आवश्यक छ। चीनले वित्तीय बजारलाई स्थिर रुपमा खोल्न गरिएको साहसले दीर्घकालिन र स्थिर रुपमा चीनको आर्थिक क्षेत्र बढेको छ।

चीनले स्थिर रूपमा वित्तीय सुधारको प्रवर्धन गर्दछ, बजार संयन्त्र प्रणालीको सुधार भएको छ र चीनको वित्तीय प्रतिस्पर्धा बढ्दै गएको छ, चीनको वित्तीय खुलापनलाई निरन्तर बढाउने शक्तिलाई थप गरिएको छ।

जानकारी तथा लेखहरु