फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको नेपाली सेनालाई साढे दुई अर्ब सहयोग प्रदान गर्ने

(GMT+08:00) 2019-10-19 14:10:46

चीन सरकारले नेपाली सेनालाई सैन्य सामग्री खरिद गर्न करिब २ अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। सैन्य सहयोगको यो सम्झौतामा नेपालका तर्फबाट चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गर्ने रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनुवारले जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। सम्झौतामा हस्ताक्षरका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृतिदिइसकेको छ। सैन्य सामग्री खरिदका लागि बेइजिङमा सम्झौता हुनेछ।

चीन सरकारले गत वर्ष नेपालीसेनालाई करिब १ अर्ब ५० करोड रुपैयाँ सैन्य सामग्री खरिद गर्न अनुदान दिएको थियो। सेनाको स्टाफ कलेजद्वारा सम्माननेपाली सेनाको 'आर्मी कमान्ड एन्ड स्टाफ कलेज' ले शुक्रबार कलेजमा पढेका प्रधानसेनापति पूर्णचन्द्र थापासहित सशस्त्र प्रहरी बलका महानिरीक्षक सैलेन्द्र खनाल र पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठलाई 'हल अफ फ्रेम' आयोजना गर्दै सम्मान गरेको छ। कलेजले सम्मानस्वरूप तीनै व्यक्तिको तस्बिरलाई 'हल अफ फ्रेम' कोठाको व्यवस्था गर्दै राखेको छ।

कलेजका प्रमुख तथा उपरथी ईश्वर हमालले तीनै जनालाई सम्मान गर्नुभयो। उक्त कलेजमा हालसम्म ९ सय ७२ जना नेपाल र विदेशी सैनिक तथा अन्य व्यक्तिहरूले अध्ययन गरेका छन्। जसमा ७३ जना अन्तर्राष्ट्रिय विद्यार्थी छन्।

जानकारी तथा लेखहरु