फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक लक्ष्यहरू हासिल गर्न चीनसँग प्रशस्त क्षमता

(GMT+08:00) 2019-10-19 15:20:27
आज अक्टोबर १९ तारिख विश्व भीआर २०१९ अर्थात भर्चुअल रियालिटी उद्योग बैठक आयोजित भयो। सो अवसरमा चीनका उप प्रधानमन्त्री लिउ हले वर्तमान चीनको आर्थिक परिस्थिति र चीन-अमेरिका आर्थिक-व्यापार छलफलको प्रगतिबारे गहन रुपमा जानकारी दिनुभयो। चीनको आर्थिक स्थिर रुपमा विकास हुँदै आएको अवस्था परिवर्तन नभएको भन्दै चीन र अमेरिका बीचको आर्थिक-व्यापार छलफलमा धेरै क्षेत्रमा प्रगति पर्याप्त भएको उहाँले बताउनुभयो। समष्टिगत आर्थिक लक्ष्यहरू निश्चित हासिल गर्ने चीनसँग क्षमता रहेको कुरामा उहाँले जोड दिनुभयो।

एकपक्षीयवाद र व्यापार संरक्षणवादका प्रभावमा समग्र विश्व अर्थतन्त्र नाजुक स्थितिमा रहेको वातावरणमा पहिलो तीन त्रैमासिक अवधिमा चीनको उत्पादन कूल रकम गत वर्षको सोही अवधिको तुलनामा ६.२ प्रतिशतले बृद्धि भएको छ। यसबाट चीनको अर्थतन्त्र बलियो रहेको प्रष्ट हुन्छ।

वर्तमान चिनियाँ अर्थव्यवस्था गहन पुनर्संरचनाको क्रममा छ। चीनले घरेलु माग र बाह्य मागसँगै उपभोग र लगानी बीचको सन्तुलनलाई बढी ध्यान दिने र सिर्जनामा बढी ध्यान दिनेछ। यो चीनको आर्थिक संचालनमा मुख्य समस्याको समाधान गरिने उपाय पनि हो।

मागको दृष्टिकोणबाट मध्यम-आय ठूलो समूह र घरेलु बजार गठन भएको छ। चिनियाँ अर्थव्यवस्था तथा विश्व अर्थतन्त्र विकास गर्नका लागि एक महत्वपूर्ण शक्ति बनेको छ। आपूर्तिको दृष्टिकोणबाट, चीनको औद्योगिक प्रणाली छिटो र अध्यावधिक हुँदैछ। उदीयमान उद्योगहरूको धेरै प्रगति भइरहेको छ। यसले चीनको आर्थिक संरचनाको निरन्तर सुधार बढाउँछ र चीनको आर्थिक बृद्धिमा नयाँ शक्ति थप्दै जानेछ।

जानकारी तथा लेखहरु