फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्षको सद्भावना दूत

(GMT+08:00) 2019-10-20 15:29:45

चिनियाँ अभिनेत्री सी छिङ नेपाल भ्रमण वर्ष सन् २०२० को सद्भावना दूत बन्नु भएको छ। हिजो शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा छिङलाई सद्भावना दूत नियुक्त गरिएको नेपाल खबर अनलाइनले लेखेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिङलाई सद्भावना दूत नियुक्त गर्दै नेपाल भ्रमण वर्षले ठूलो फड्को मार्ने अपेक्षा गरेको बताउनुभयो।

भट्टराईले फेसबुकमा पोस्ट गर्दै भन्नु भएको छ,'सामाजिक संजाल विइपोमा करिब १ करोड ६० लाख मानिसहरुले फछ्याएकी, हलिउड लगायत अन्तरास्ट्रिय मंचहरुमा बिशेषरुपमा चिनारी भएकी चिनियाँ कलाकार तथा सेलिब्रेटी सी छिङलाई आज भ्रमण बर्ष २०२० को सद्भावना दूतको प्रमाणपत्र हस्तान्तरण गरिएको छ। उहाँको भ्लगलाई भने १ अर्ब १३ करोड्ले हेरेको देखिन्छ।'

अभिनेत्री छिङले भने कार्यक्रममा बुद्ध जन्मेको देशको सद्भावना दूत हुन पाउँदा खुशी भएको बताउनु भएको थियो।

जानकारी तथा लेखहरु