फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"दोहोरो मापदण्ड"ले आफ्नै हितमाथि हानि पुर्‍याउँछ

(GMT+08:00) 2019-10-20 15:38:19
केही दिनदेखि स्पेनको क्याटालोनिया क्षेत्रमा हंगकंगमा भएको हिंसात्मक अपराध गतिविधि जस्तै गतिविधि भइरहेका छन्। उग्रवादीहरूले विमान स्थलमा भीडभाड गरेको, सडकलाई अवरुद्ध बनाएको, पसलहरूमा तोडफोड गरेको, शहरको विभिन्न भागमा आगजनी गर्दै प्रहरीहरुमाथि आक्रमण गरेका छन्। सो हिंसात्मक कार्यलाई दोस्रो हंगकंगका रुपमा दाबी गरिएको छ। हंगकंगमा भएको हिंसात्मक आपराधिक गतिविधिलाई सँधै समर्थन गर्ने अमेरिकी र बेलायती सरकारले सोबारे मौनता साँधेका छन्। केही पश्चिमी संचार माध्यमले तुरुन्तै आफ्नो अनुहार परिवर्तन गर्दै स्पेनको उग्रवादीहरूको निन्दा गरेका छन्।

उही कुरा हंगकंगमा हुँदा लोकतान्त्रिक आन्दोलन भन्ने तर स्पेनमा हुँदा हिंसात्मक अपराध भनियो। यो पश्चिमी मुलुकलको "दोहोरो मापदण्ड" हो।

चालु वर्षको जुन महिनामा हंग‌कंगमा हिंसात्मक आपराधिक गतिविधि सुरु भएदेखि अमेरिकी उप राष्ट्रपति र विदेश मन्त्रीले हंगकंगको उग्रवादीहरूसँग छुट्टा-छुट्टै भेट-वार्ता गरेका छन्। बेलायती विदेश मन्त्रीले हंगकंग विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारीलाई फोन गर्दै चीनको आन्तरिक मामिलामा गम्भिर हस्तक्षेप गरेका छन्।

तर तथ्यले प्रमाणित गरेको पश्चिमी मुलुकको यो "दोहोरो मापदण्ड"बाट आफ्नो हितको सुरक्षा हुन सक्दैन। बरु आफ्नै हितमाथि हानि पुर्‍याउँछ। केही समयदेखि झन् बढी पश्चिमी मुलुकमा दंगाहरुले हंगकंगको दंगाको अनुकरण गरेका छन्। पश्चिमी चरम वातावरणीय विज्ञहरूले हालै विश्वका २० भन्दा बढी शहरहरू, जस्तै लन्डनमा सुपुर्दगी विरुद्ध जुलुश प्रदर्शनीहरू आयोजना भएका छन्। यी प्रदर्शनीमा केही रणनीति र विधिहरू हंगकंगका दंगाबाट आएका हुन्।

जानकारी तथा लेखहरु