फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइबरस्पेसको भाग्य समुदायको सिर्जना गर्नका लागि "चिनियाँ योजना"

(GMT+08:00) 2019-10-21 14:25:55

छैटौँ विश्व इन्टर्नेट सम्मेलन अक्टोबर २० तारिख चीनको च च्याङ प्रान्तीय ऊचनमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त सम्मेलनलाई बधाई सन्देश पठाउनु भएको छ। उहाँले बधाई सन्देशमा इन्टर्नेटको विकासको भविश्यको गहिरो रुपमा विश्लषण गर्नुभएको, इन्टर्नेटको राम्रोसँग विकास गर्ने, राम्रोसँग प्रयोग गर्ने र राम्रोसँग व्यवस्थापन गर्ने कुरा व्यक्त गर्नुभएको छ। त्यसैगरी उहाँको बधाइ सन्देशमा इन्टर्नेटले मानवलाई लाभ दिनु अन्तर्राष्ट्रिय समाजको साझा दायित्व हो भन्ने कुरा पनि उल्लेख गर्नु भएको छ। विभिन्न मुलुकसँग साइबरस्पेसको विश्वव्यापी व्यवस्थापनलाई संयुक्त रुपमा अगाडि बढाउन र साइबरस्पेसको भाग्य समुदायको सिर्जना गर्न आव्हान पनि नेता सीले गर्नुभएको छ। यो धारणाले ठूलो मुलुकको दायित्व देखाएको छ।

चालु वर्ष इन्टर्नेट सुरु भएको पचास वर्ष हो र पनि चीन इन्टर्नेटमा संलग्न भएको पच्चीसौं वार्षिकोत्सव हो। फाइभ जीको प्रतिनिधित्वमा रहेको नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति र व्यवसायको सुधार तीब्र रुपमा चलिरहेको छ। उक्त इन्टर्नेट सम्मेलनमा फाइभ जी, कृत्रिम बुद्धिमत्ता, चालकविहीन प्रविधिलगायत पछिल्लो उपलब्धि प्रदर्शन गरिएको छ। यसबाट चीनले इन्टर्नेट विज्ञान तथा प्रविधिको शक्तिशाली मुलुकतर्फ लम्किरहेको कुरा प्रतिविम्वित भएको छ।

इन्टर्नेट सुरक्षा नभएमा राष्ट्रिय सुरक्षा नहुने छ। चार वर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले "साइबरस्पेसको भाग्य समुदायको सिर्जना गर्ने" अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले इन्टर्नेटको विकाससम्बन्धी "चार सिद्धान्त" र "पाँच सूत्रीय अडान"बारे ब्याख्या गर्नुभएको थियो। उहाँको अवधारणा अन्तर्राष्ट्रिय समाजद्वारा व्यापक रुपमा ध्यान दिइएको छ। चालू वर्षमा राष्ट्राध्यक्ष सीले बधाई सन्देशमा "साइबरस्पेसको विश्वव्यापी व्यवस्थापनलाई संयुक्त रुपमा अगाडि बढाउने" र "साइबरस्पेसको भाग्य समुदायको सिर्जना गर्न प्रयास गर्ने"कुरामा फेरि जोड दिनुभएको छ।

विश्व इन्टर्नेट सम्मेलनअघि संयोजन समितिले "साइबरस्पेसको भाग्य समुदाय"को दस्तावेज सार्वजनिक गरेको छ। यो चीनले विश्वको इन्टर्नेटको विकास र व्यवस्थापनका लागि दिएको पछिल्लो योगदान हो।

जानकारी तथा लेखहरु