फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ आर्थिक विकासको गुणस्तर निरन्तर उकासिँदै

(GMT+08:00) 2019-10-21 18:51:08

चिनियाँ राष्ट्रिय तथ्यांक व्यूरोबाट प्रकाशित तथ्याङ्क अनुसार, चालु वर्षका पहिला तीन त्रैमासिक समयमा चीनको जीडीपी गत वर्षको सोहि अवधिको तुलनामा ६.२ प्रतिशतले बढेको छ। अर्थतन्त्रको समग्री अवस्थ स्थिर हुनुका साथै मुख्य समष्टि आर्थिक सूचकांक उचित अन्तरालमा रहेको छ। चालु वर्षयता अन्तर्राष्ट्रिय र चीनमा कठिनाइ, जोखिम र चुनौती बढेको अवस्थामा चीनको अर्थतन्त्र समग्री रूपमा स्थिर हुँदै, आर्थिक बनौट निरन्तर श्रेष्ठ पार्दै र जनजीवन क्रमशः सुधार हुँदै भएको छ।

रोजगार चीनमा सबैभन्दा महत्वपूर्ण जनजीवन हो। चालु वर्षका पहिला तीन त्रैमासिक समयमा चीनले १ करोड ९ लाख ७० हजार नयाँ रोजगार थपेर यसै वर्ष १ करोड १० लाख रोजगार थप्ने लक्ष्यको ९९.७ प्रतिशत पूरा गरेको छ।

सर्वसाधारणको आम्दानी चिनियाँ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। पहिला तीन त्रैमासिक समयमा चिनियाँ सर्वसाधारणका लागि प्रतिव्यक्ति डिस्पोजेबल आय ६.१ प्रतिशतले बढेको छ। आम्दानी बढेर उपभोकको इच्छा बढेको छ। जसले अर्थतन्त्रको वृद्धिका लागि अझ शक्तिको सिर्जना गरेको छ।

वास्तविकता र अंकबाट लामो समयमा चिनियाँ अर्थतन्त्र राम्रो दिशातिर विकास गर्ने आधारभूत अवस्थामा कुनै परिवर्तन नभएको पुष्टि गरिएको छ। यद्यपि चिनियाँ अर्थतन्त्रका सामु धेरै अनिश्चित कारक तत्व भए तापनि चीनसँग अर्थतन्त्रको स्थिर, स्वस्थ तथा दिगो विकास गर्ने शर्त, क्षमता र आत्मविश्वास रहेको छ। विश्वले चिनियाँ अर्थतन्त्रको भविष्यप्रति आशावादी धारणा लिएको छ।

जानकारी तथा लेखहरु