फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सका राष्ट्रपति र वाङ यीबीच भेटघाट

(GMT+08:00) 2019-10-22 18:29:11

समय अक्टोबर 21 तारिख फ्रान्सका राष्ट्रपति एम्मानूएल म्याक्रोनले पेरिसस्थित एलिसे दरबारमा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीसँग भेटघाट गर्नुभएको छ।

म्याक्रोनले चालु वर्षको मार्च महिनामा राष्ट्राध्यक्ष सी चिन फिङले फ्रान्सको सफल राजकीय भ्रमण गर्नुभएको उल्लेख गर्दै उहाँ र राष्ट्राध्यक्ष सीले फ्रान्स र चीनबीचको सम्बन्धको विकासबारे महत्वपूर्ण सहमति प्राप्त गर्नुभएको कुरा बताउनुभयो। आफूले चीनको फेरि राजकीय भ्रमण गर्ने र दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्सपोमा उपस्थित हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।

वाङ यीले राष्ट्रपति म्याक्रोनलाई चीनले पुन स्वागत गर्न चाहेको बताउनुभयो। चीनले फ्रान्सलगायतका विभिन्न मुलुकतर्फ खुलापन विस्तार गर्ने, राष्ट्रपति म्याक्रोन दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सहभागी र फ्रान्सका उत्तम गुणस्तरको विशेषतायुक्त सामानको प्रचार-प्रसार गर्न स्वागत गरेको कुरा वाङ यीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु