फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नाभारोबाट किर्ते घटनाबारे चिनियाँ परराष्ट्र मन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2019-10-22 18:48:03

सीएनएन लगायत सञ्चार माध्यमका अनुसार, अमेरिकी ह्वाइट हाउस राष्ट्रिय व्यापार समितिका प्रमुख पिटर नाभारोले आफ्ना धेरै चीनविरोधी किताबमा उद्धृत गरेको कथित विद्वान किर्ते भएको अष्ट्रेलियाका एकजना विद्वानले पत्ता लागाएका छन्। नाभारो आफैँले यस अवस्थाको पुष्टि पनि गरेका छन्।

यसप्रति चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले यसरी प्रतिक्रिया दिनुभयो- स्पष्टसँग यो समाचारबारे अन्तर्राष्ट्रिय जगतलाई अचम्मित बनाएको छ। अमेरिकामा केही मान्छेले व्यक्तिगत हित र राजनीतिक योजनाका लागि चीनमाथि हिलो छ्याप्ने र दवाव दिने गतिविधिमा कुनै आधार छैन। झुटो प्रसार गर्नु र झुटका आधारमा नीति तर्जुमा गर्नु वाहियात मात्रै नभई ज्यादै खतरा पनि हो। यसले सामान्य अन्तर्राष्ट्रिय सम्बन्ध र प्रणालीमाथि प्रहार तथा धम्की दिने र अन्त्यमा अमेरिकाले आफ्नो हितलाई नै भंग गर्नेछ।

प्रवक्ता ह्वाका अनुसार, अमेरिकाले झुटको खेती गरेर इराक तथा सिरिया आदि क्षेत्रमा युद्ध सुरू गरेको छ। हाल चिनियाँ युगुर स्वायत्त प्रदेश, हंगकंग, ह्वावै फाइभ जी तथा बेल्ट एण्ड रोड आदि मामिलामा अमेरिकाको झुट जारी रहेको छ। मानवसँग आधार रेखा हुनुका साथै गतिविधिसँग नियम रहेको हुन्छ। चीनले अमेरिकाका केही मान्छेलाई तर्कसंगतमा विचार राख्ने आशा गरेको बताउँदै उहाँले सम्वाददातालगायत अन्तर्राष्ट्रिय जगतलाई केही अमेरिकी मान्छेको धारणाबारे कडा रूपमा जाँच गरेर प्रमाणित गर्ने आशा चीनले गरेको प्रवक्ता ह्वाले बताउनुभयो।

जानकारी तथा लेखहरु