फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सशक्त रुपमा विकास हुने डिजिटल अर्थतन्त्र चीनको नयाँ इन्जिन

(GMT+08:00) 2019-10-22 19:01:36

फाइभ जी युग पुग्ने बेलामा अक्टोबर २२ तारिख चीनको च च्याङ प्रान्तीय ऊ चनमा सम्पन्न भएको छैटौँ विश्व इन्टर्नेट सम्मेलनमा अग्र प्रविधिको प्रयोग उपलब्धि प्रदर्शन र डिजिटिल अर्थतन्त्रको विकास अवस्था चित्ररण गरिएको छ। यस पटकको सम्मेलनको बेलामा सार्वजनिक भएको "चीनको इन्टर्नेट विकास प्रतिवेदन २०१९"अनुसार, गत वर्षमा चीनको डिजिटल अर्थतन्त्रको परिमाणले जी.डी.पी.को ३४.८ प्रतिशत ओगटेको थियो भने चीनको आर्थिक बृद्धिको नयाँ इन्जिन पनि बनेको छ।

चालु वर्ष विश्वमा इन्टर्नेट सुरु भएको पचास वर्ष हो र चीन इन्टर्नेटमा संलग्न भएको पच्चीसौँ वार्षिकोत्सव हो। हाल डिजिटल अर्थतन्त्र चीनको समाजको विभिन्न क्षेत्रमा फैलिएको छ। डिजिटल अर्थतन्त्रले चीनको विकास अवस्था र सर्वसाधारणको दैनिक जीवन परिवर्तन गरेको छ। "चीनको इन्टर्नेट विकास प्रतिवेदन २०१९" को तथ्यांकअनुसार, सन् २०१८ मा चीनको डिजिटल अर्थतन्त्रको परिमाण ३१३ खर्ब चिनियाँ युआन पुगेको थियो र जुन सन् २०१७ को तुलनामा २०.९ प्रतिशतले बृद्धि भएको हो।

पहिलो, चीनको डिजिटल व्यवसाय सूचना तथा सञ्चारको तिब्र विकासका लागि हितकर हुन्छ। दोस्रो, व्यवसायको डिजिटलाइजेशनले चीनको आर्थिक रूपान्तरणका लागि सशक्त शक्ति उपलब्ध गराएको छ। तेस्रो, डिजिटल अर्थतन्त्रले चीनलाई रोजगार अवसर उपलब्ध गराएको छ।

डिजिटल अर्थतन्त्रको विकास चीनको अर्थतन्त्रको विश्वव्यापी प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नका लागि हितकर हुन्छ। विश्वको विभिन्न मुलुकले वैज्ञानिक तथा प्राविधिक क्रान्ति र व्यवसायको क्रान्तिको मौका छोपेर डिजिटल अर्थतन्त्रको जोडतोडताका साथ विकास गरिरहेको, आर्थिक बृद्धि शक्तिलाई माथि उकासिरहेको, अन्तर्राष्ट्रिय व्यापार र लगानीको स्तरलाई बढाइरहेको छ।

चीनले डिजिटल अर्थतन्त्रको विकास गर्नुको उद्देश्य प्राविधिक सिर्जनशीलताको क्षमतालाई बढाउनु, इन्टर्नेट, कृत्रिम बुद्धिमत्ता र वास्तविक अर्थतन्त्रबीचको गहिरो मिश्रण बढाउनु हो। डिजिटल अर्थतन्त्रको विकासले विश्वमा चीनको अर्थतन्त्रको प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

चीनको ठूलो जनसंख्या र ठूलो बजारले डिजिटल अर्थतन्त्रको विकासका लागि शर्तको सिर्जना गरेको छ। तर डिजिटल अर्थतन्त्रको द्रुत विकासले केही परम्परागत व्यवसायहरूमा असर पार्ने र बेरोगारको जोखिम ल्याउने छ। चीनले आर्थिक तथा सामाजिक क्षेत्रको डिजिटलाइजेशन रुपान्तरणलाई गति प्रदान गर्नुपर्ने, बृद्धि नयाँ शक्तिमार्फत उच्च गुणस्तरको विकासलाई अगाडि बढाउनुपर्ने छ।

जानकारी तथा लेखहरु