फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रालयबाट अमेरिकी विदेशमन्त्रीको भनाइको खण्डन

(GMT+08:00) 2019-10-22 19:03:26

अमेरिकी विदेशमन्त्री मिचेल पोम्पेओले अक्टोबर २१ तारिख चीन सरकारले हात फैल्याएर चीनमा अमेरिकी व्यवसायको नियन्त्रण गरेर बौद्धिक सम्पत्ति चोर्नुका साथै बाध्यताका साथ प्रविधिको हस्तान्तरण गराएको बताउँदै चीनमा अमेरिकी व्यवसायले नाफा गर्न गाह्रो भएको बताउनुभयो।

अक्टोबर २२ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले अमेरिकी विदेशमन्त्री पोम्पेओको निष्कर्ष कताबाट प्राप्त गर्नु भएको थाहा नभएको बताउनुभयो।

प्रवक्ता ह्वाका अनुसार, सबैलाई थाहा छ, लामो हात फैल्याएर नियन्त्रण अमेरिकाले आफ्नो कानूनबमोजिम विदेशी व्यवसाय तथा व्यक्तिमाथि दवाव गर्ने एकपक्षीय नाकाबन्दी र बदमाशी तरिका हो। लामो हात फैल्याएर नियन्त्रणको दुष्प्रयोग अमेरिकाको विशेषता हो। चीनले त्यसप्रति दृढताका साथ विरोध गरेको छ। केही समयअघि अमेरिका-चीन व्यापार समितिबाट प्रकाशित चीनको वाणिज्य वातावरणको अनुसन्धान प्रतिवेदन २०१९ का अनुसार, अनुसन्धान गरिएका ९७ प्रतिशत अमेरिकी व्यवसायले चिनियाँ बजारमा नाफा पाएको पुष्टि गरेका छन्। चीन-अमेरिका वाणिज्य संघका सदस्यहरूमध्ये ७४ प्रतिशतले चीनमा लगानी थप्ने योजना बनाउँदैछन्। करिब ९५ प्रतिशत व्यवसायले चीनलाई प्रविधिको हस्तान्तरण गर्न अनुरोध गरेका छैनन्। पोम्पेओको निष्कर्ष कताबाट प्राप्त गरेको भन्दै प्रवक्ता ह्वाले प्रश्न गर्नुभयो।

जानकारी तथा लेखहरु