फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्याङ शान मञ्चद्वारा विश्वको शान्तिको संरक्षण गर्न "चीनको योजना"

(GMT+08:00) 2019-10-23 18:58:22

नवौं पैचिङ स्याङ शान मञ्च अक्टोबर २२ तारिख पैचिङमा सम्पन्न भएको छ। दुई दिने समयमा धेरै मुलुकका राष्ट्रनायकहरू, थिङ्क ट्याङ्कहरू र विद्वानहरूले ठूला मुलुकको सम्बन्ध तथा अन्तर्राष्ट्रिय व्यवस्था, एशिया प्रशान्त क्षेत्रको सुरक्षा जोखिमको नियन्त्रणआदि विषयहरूबारे वैचारिक आदान-प्रदान र छलफल गरेका छन्। खास गरी चीनका राष्ट्राध्यक्ष सी चिन फिङले उक्त मञ्चलाई बधाई सन्देश दिनुभएको छ। राष्ट्राध्यक्ष सीले जटिल सुरक्षाको जोखिमको सामनाबारे नीति र अडान प्रस्तुत गर्नुभएको, विश्वले सुरक्षाको चुनौतीको सामना गर्नका लागि "चीनको योजना" उपलब्ध गराउनुभएको छ। उक्त मञ्चमा सहभागी व्यक्तिहरूले राष्ट्राध्यक्ष सीको भनाईबारे सक्रियताका साथ प्रतिक्रिया जनाएका छन्।

पैचिङ स्याङ शान मञ्च सन् २०१६मा स्थापित भयो। हाल स्याङ शान मञ्च एशिया प्रशान्त क्षेत्रको सुरक्षा तथा प्रतिरक्षासम्बन्धी महत्वपूर्ण र उच्च स्तरीय वार्ता चौतारो बनिसकेको छ। चालू वर्षमा सम्मेलनको परिमाणबाट हेर्दा पैचिङ स्याङ शान मञ्चले किर्तिमानको सिर्जना गरेको छ। यसबाट स्याङ शान मञ्चको अन्तर्राष्ट्रिय प्रभावशैली क्रमशः उकासिएको कुरा प्रतिविम्वित भएको छ। यसका साथै यसबाट पनि हाल जटिल र परिवर्तन हुने अन्तर्राष्ट्रिय परिस्थितिको पृष्ठभूमिमा विभिन्न मुलुकले शान्तिपूर्ण विकासको राम्रो योजना खोजिरहेको कुरा प्रतिविम्वित भएको छ।

उत्तरदायित्वपूर्ण ठूलो मुलुकको रुपमा चीन सधैं नै बहुपक्षीयतावादको संरक्षण गर्ने पक्ष भैरहेको छ। चीनले मानव भाग्य समुदायको सिर्जना, "बेल्ट एण्ड रोड" प्रस्तावलगायतका महत्वपूर्ण योजनाहरू प्रस्तुत गरेको छ। यस पटकको स्याङ शान मञ्चमा सहभागी संयुक्त राष्ट्र संघका उप महासचिव अटुल खारेले चीनले संयुक्त राष्ट्र संघको सुरक्षाको संरक्षणको सुधार परियोजनाको सक्रियताका साथ समर्थन दिइरहेको, चीनले अन्तर्राष्ट्रिय समाजको स्थिरतालाई अगाडि बढाएको कुरा बताउनुभयो।

हरेक क्षेत्रको आफ्नो विशेष अवस्था छ। "क्षेत्रको वास्तविकतासित अनुकूल हुने सुरक्षा बनौटको सिर्जना गर्ने"सम्बन्धमा राष्ट्राध्यक्ष सीद्वारा बधाई सन्देशमा प्रस्तुत गरिएको अडानको महत्वपूर्ण रणनीतिक अर्थ रहेको छ। यसका साथै राष्ट्राध्यक्ष सीको अडानले पनि अन्तर्राष्ट्रिय सुरक्षाको सहयोगलाई बढाउनका लागि महत्वपूर्ण विचार उपलब्ध गराएको छ।

शान्ति मानवको अनन्त अपेक्षा हो। विगत सत्तरी वर्षको सिँहावलोकन गर्दा नयाँ चीनले विकासको उल्लेखनीय उपलब्ध हासिल गरेको र एशिया प्रशान्तले विकासको चमत्कारको सिर्जना गरेको महत्वपूर्ण कारण सुरक्षित र स्थिर वातावरण भएकोले गर्दा नै हो। भविश्यमा चीनले विश्वको शान्तिको निर्माण गर्ने पक्ष, विश्वको विकासका लागि योगदान दिने पक्ष, अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्ने पक्ष सधैं नै बनाउने, मानव भाग्य समुदायको सिर्जना गर्नका लागि "चीनको शक्ति" थपिदिने छ।

जानकारी तथा लेखहरु