फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले वार्ता र सहयोगमा पूर्वाग्रह त्याग्नुपर्ने

(GMT+08:00) 2019-10-25 14:38:46

अमेरिकी उप राष्ट्रपति माइकल पेन्सले स्थानीय समय अक्टोबर २४ तारिख अन्तर्राष्ट्रिय विद्वानहरू केन्द्र वुड्रो विल्सनमा आयोजित कार्यक्रममा चीन समस्यासम्बन्धी मन्तव्य गर्नुभएको छ। उहाँको मन्तव्यमा अर्थतन्त्र तथा व्यापार, सैन्य मामिला, मानव अधिकार, धर्मआदि क्षेत्रहरूमा समावेश छन्। एक वर्षअघि उहाँले हडसन संस्थानमा गर्नुभएको मन्तव्यको तुलनामा यस पटकको मन्तव्यमा पेन्सले चीनप्रति अमेरिकाको भूमिकालाई निरन्तर रुपमा बढाइचढाइ गर्नुभएको, "स्वतन्त्रता र प्रजातन्त्र"को ब्यानरमुनि चीनको दोषारोपण गर्नुभएको छ। तर उहाँले अमेरिकाले चीनसँग वार्ता र सहयोग गर्ने सूचना पनि प्रसारण गर्नुभएको छ।

"चीनको पुनःनिर्माण"धारणा पेन्सले एक वर्षअघि चीन समस्याबारे मन्तव्य राख्दा चर्चा गर्नुभएको महत्वपूर्ण विषय थियो। यस पटकको मन्तव्यमा यो विषय फेरि चर्चा गरिएको छ। यो भनाइले चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक पारस्परिक हित र साझा विजयको वास्तविकता त्यागेको छ। विगत चालीस वर्षदेखि चीन र अमेरिका एक अर्कालाई सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदार र लगानी मुलुक बनेका थिए। दुई पक्षले सहयोगबाट ठूलो फाइला प्राप्त गरेका थिए। अमेरिका-चीन व्यापार राष्ट्रिय समितिको प्रतिवेदनअनुसार, सन् २००९ देखि सन् २०१८ सम्म चीनतर्फ अमेरिकाको निर्यातले अमेरिकीका लागि एघार लाख रोजगार अवसर बढाएको थियो। अर्कातिर हेर्दा अमेरिकाको पूँजी, प्रविधि र बजारले चीनको विकास र जनताको जीवनको सुधारका लागि ठूलो भूमिका निर्वाह गरेको थियो। तर चीनको विकास र सफलतामा सुधार तथा खुलापन निति र चिनियाँ जनताको मेहनतमा निर्भर भएको छ। चीनको विकासको कारण अमेरिकाको पुनःनिर्माणको भूमिका मानिएको कुरा ऐतिहासिक धारणाको अभाव हुनुका साथै वास्तविकतासित अनुकूल छैन।

हाल चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक वार्ता महत्वपूर्ण चरणमा प्रवेश भएको छ। पूर्वाग्रह र विवाद अझै थोरै हुने, सहमति अझै बढी हुने, पारस्परिक रुपमा सम्मान आधारमा विवादको नियन्त्रण गर्ने, साझा विजय र पारस्परिक हितको आधारमा सहयोग गर्ने मात्र चीन र अमेरिकाले चीनका लागि हितकर हुने, अमेरिकाका लागि हितकर हुने, संसारका लागि हितकर हुने सही छनौट गर्ने सम्भावना रहेको छ।

जानकारी तथा लेखहरु