चीनको वाणिज्य मन्त्रालयले आज अक्टोबर २९ तारिख स्वदेशी तथा विदेशी पत्रकारका लागि एउटा सम्मेलनको आयोजना गरेको छ। चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो समितिको कार्यालयका प्रमुख एवम् चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री वाङ्ग पिङ्ग नानले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोको सहभागिता सम्बन्धी परिस्थितिबारे पत्रकारसमक्ष जानकारी दिनुभएको छ।
दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म शाङ्गहाईमा आयोजित हुनुका साथै राष्ट्राध्यक्ष सीले नोभेम्बर पाँच तारिख एक्स्पोको उद्घाटन समारोह तथा होङ्ग छयाउ अन्तर्राष्ट्रिय आर्थिक मञ्चको उद्घाटन समारोह र सम्बन्धित कार्यक्रममा भाग लिनुहुने उपमन्त्री वाङ्गले जानकारी दिनुभयो।
एक्स्पो अवधिमा राष्ट्राध्यक्ष सीले सम्बन्धित मुलुकका राष्ट्रनायक र सरकारी नेतागणसँग भेटघाट गर्नुहुने, राष्ट्राध्यक्ष सी र उहाँकी धर्मपत्नी फङ्ग ली युआनले विभिन्न मुलुकका राष्ट्रनायक र अतिथिका लागि स्वागत भोजको आयोजना गर्नुहुने उपमन्त्री वाङ्गले जानकारी दिनुभयो।