फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मध्यपूर्वको आतंकवाद विरुद्ध लड्न "दोहोरो मापदण्ड" त्याग्नुपर्ने

(GMT+08:00) 2019-10-29 16:24:41
अमेरिकाले हाल उग्रवादी संगठन "इस्लामिक स्टेट"का सर्वोच्च नेता अबु बाकर अल बाग्दादीले २६ तारिख अमेरिकी सेनाको कार्वाहीका दौरान् आत्महत्या गरेको घोषणा गरेको छ। रुसी राष्ट्रिय रक्षा मन्त्रालयले अमेरिकाको उक्त घोषणाप्रति शङ्का लागेको जनाएको छ। यसबाहेक, अन्य मुलुकका नेताहरू र उच्च पदाधिकारीहरूले अमेरिकाले घोषणा गरेको बाग्दादीको मृत्युप्रति संशयपूर्ण धारणा लिएका छन्।

सेप्टेम्बर ११ को काण्डदेखि अन्तर्राष्ट्रिय समुदायले गरेको आतंकवाद विरोधी संघर्षको लगभग २० वर्ष जति पुगेको छ। यस्तो पृष्ठभूमिमा बिन लादेन र बाग्दादी लगायतका आतंकवादी संगठनका नेताहरू अन्त्यमा मृत्युको चक्रबाट मुक्त हुने सम्भावना छैन। तैपनि उनीहरूका बाँकी शक्तिहरूले मौका छोपेर पुन: आतंकवादी कारवाहीको कुचेष्टा गरेका छन्। यस अवस्थामा सारा विश्वको आतंकवाद विरुद्धको परिस्थिति अझ गम्भीर र जटिल हुनुका साथै अझ बढी चुनौती देखापर्ने छ।

तथ्य कुराबाट के प्रमाणित छ भने आतंकवाद समस्त अन्तर्राष्ट्रिय समाजसमक्ष सामना गरिने सुरक्षा चुनौती नै हो। अन्तर्राष्ट्रिय आतंकवाद विरोधी अभियानका लागि दोहोरो मापदण्ड त्याग्नुपर्छ। अफगानिस्तानी राष्ट्रिय रक्षा मन्त्रालयका प्रथम उप मन्त्री जनरल महमद जिया यासिनले भन्नुभए जस्तै: वर्तमान विश्वले आतंकवादबारे एकीकृत धारणा, ब्याख्या र अडानलाई साकार तुल्याएपछि मात्र आतंकवाद विरोधी लडाइँ अर्थपूर्ण हुनसक्नेछ।

जानकारी तथा लेखहरु