फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्च्याङ समस्याका सन्दर्भमा ५४ वटा मुलुकद्वारा चीनलाई समर्थन

(GMT+08:00) 2019-10-30 18:57:17
संयुक्त राष्ट्र संघको महासभा सम्बन्धी तेस्रो परिषद्ले मानव अधिकारको लेखाजोखा गर्ने क्रममा बेलारुसले ५४ वटा मुलुकको प्रतिनिधित्व गरेर संयुक्त सम्बोधन गरेको छ। आफ्नो सम्बोधनमा बेलारुसले सिन्च्याङको आतंकवाद विरद्ध र उग्रवादीकरणलाई हटाउने कदमको सकारात्मक रुपमा मूल्याङ्कन गर्नुका साथै ती कदमहरूले सिन्च्याङका विभिन्न जातिका जनताको आधारभूत मानव अधिकारलाई प्रभावकारी रुपमा प्रत्याभूति दिएको औँल्याएको छ।

आफ्नो सम्बोधनमा बेलारुसले के जोड दिएर भनेको छ भने सम्बद्ध मुलुकले मानव अधिकारको समस्यालाई राजनीतिकरण गरेकोमा त्यसको विरोध गर्नुका साथै चीनमा निर्धारित दोषारोपण गतिविधि पनि बन्द गर्न सम्बद्ध मुलुकसँग आह्वान गरेको छ। यो संयुक्त सम्बोधन केही पश्चिमा मुलुकले सिन्च्याङ कार्ड खेलेर चीनमाथि दबाव दिन खोजेकोप्रति जनाइएको सशक्त प्रतिकृ्या नै हो। साथै त्यस सम्बोधनबाट सिन्च्याङ सम्बन्धी आतंकवाद विरोधी कार्यमा प्राप्त उपलब्धि र सिन्च्याङको विकास अवस्थाप्रति अन्तर्राष्ट्रिय समाजले विस्तृत रुपमा स्वीकार र समझदारी कायम गरेको देखिएको छ।

अमेरिका लगायतका मुलुकहरूको उत्तेजनामा हाल सिन्च्याङ समस्या एउटा ध्यानाकर्षणको अन्तर्राष्ट्रिय विषय बनेको देखिन्छ। ती मुलुकले सिन्च्याङको आतंकवाद विरुद्ध, मानव अधिकार र धार्मिक संरक्षण आदि विषयमा निहुँ खोजेर जथाभावी रुपमा चीनमाथि दबाव र बदनाम गरेका छन्।

तैपनि बेलारुस लगायत ५४ वटा मुलुकले खुला रुपमा चीनलाई समर्थन गरेका छन्। त्यस कुराबाट के प्रमाणित गरिएको छ भने समस्त संसारमा चीनलाई समर्थन गर्ने मुलुकको संख्या अझ बढी छ। ती मुलुकको धारणा र अडानबाट सिन्च्याङ विकासको आधारभूत तथ्यको सम्मान पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको छ।

जानकारी तथा लेखहरु