फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पो मार्फत 'संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त शेयर' गर्ने इजिप्टका लागि चीनका राजदूतको भनाइ

(GMT+08:00) 2019-10-31 16:44:33
इजिप्टका लागि चिनियाँ राजदूत ल्याउ ली छयाङ्गले अक्टोबर तीस तारिख कायरोमा पत्रकार सम्मेलनको आयोजना गरी इजिप्ट र चिनियाँ पत्रकारलाई दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको तयारीबारे जानकारी दिनुभएको छ। उहाँले आयात एक्स्पोले संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त शेयरको विश्व शासन विचारधारालाई अपनाएर, विभिन्न मुलुकले सहयोग र आदानप्रदानलाई सबल पार्ने र अन्तर्राष्ट्रिय व्यापारको खुला सहयोगात्मक चौतारोको स्थापना गर्ने उद्देश्य लिएको बताउनुभयो। इजिप्टका विभिन्न पक्षले आयात एक्स्पोको चौतारोमार्फत चीनबारे अझ बढी जानकारी पाउनसक्ने आशा उहाँले पनि गर्नुभएको छ।

पहिलो आयात एक्स्पोको तुलनामा, दोस्रो एक्स्पोको परिमाण ठूलो भएको, स्तरमा उच्च भएको, गुणस्तरमा अझ राम्रो भएको, अझ सिर्जनात्मक भएको र नतिजा अझ राम्रो भएको एक्स्पो हुने पनि राजदूत ल्याउले औंल्याउनुभयो। इजिप्ट सरकार र प्रदर्शनी व्यवसायले दोस्रो आयात एक्स्पोमा गहिरो ध्यान दिनुका साथै जम्मा २३ वटा इजिप्टका व्यवसायले एक्स्पोमा भाग लिने, मुख्य रुपमा कृषि उत्पादन, हस्तकला, मौद्रिक सेवा, प्रकाशन सेवा आदि विभिन्न क्षेत्रमा रहेका राजदूत ल्याउले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु