फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा खुला तथा सहयोगात्मक विश्व अर्थतन्त्रको संयुक्त स्थापना गर्ने आह्वान

(GMT+08:00) 2019-11-05 10:37:55

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज नोभेम्बर ५ तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन गर्दै खुला तथा सहयोगात्मक विश्व अर्थतन्त्रको संयुक्त स्थापना गर्न आह्वान गर्नुभएको छ। उहाँले वर्तमान विश्वमा विभिन्न देशबीचको आर्थिक एकीकरणको प्रवृति देखा परिरहेको भन्दै अन्तर्विरोध तथा मतभिन्नताको समाधान गर्न परामर्श तथा सहयोग नै सही उपाय रहेको औंल्याउनुभयो।

संरक्षणवाद तथा एकपक्षीयतावादको कडा शब्दमा विरोध गर्नुका साथै व्यापारिक अवरोधलाई निरन्तर रुपमा न्यूनीकरण गर्नुपर्ने, विश्वको मूल्यश्रृंखला तथा आपूर्ति श्रृंखलालाई अरु पूर्णता दिलाउनुपर्ने र संयुक्त रुपमा बजारको माग बढाउनुपर्नेमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभयो।

जानकारी तथा लेखहरु