फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिनफिङबाट खुला तथा साझा विश्व अर्थतन्त्रको साझा निर्माण गर्न आव्हान

(GMT+08:00) 2019-11-05 11:04:08

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज ५ तारिख मङ्गलबार दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विभिन्न पक्षसँग खुला तथा साझा विश्व अर्थतन्त्रको साझा निर्माण गर्न आव्हान गर्नुभएको छ।

उहाँका अनुसार, सहिष्णु तथा आपसी हितकर भविष्यका लागि संयुक्त राष्ट्र संघको बडा-पत्र तथा सिद्धान्तको आधारमा रहेको अन्तर्राष्ट्रिय प्रणालीको साझा संरक्षण गरी बहुपक्षीय व्यापारिक प्रणालीको केन्द्रिय मूल्याँकन तथा आधारभूत सिद्धान्तलाई कायम राख्नुका साथै व्यापार तथा लगानीको स्वतन्त्रता तथा सुविधालाई बढाएर अर्थतन्त्रको विश्वव्यापीकरणलाई अझ खुला, सहिष्णु, लाभकारी, संतुलित तथा साझा विजय उन्मुख बनाउनुपर्छ।

विभिन्न पक्षले "सन् २०३० राष्ट्र संघीय दिगो विकास एजेन्डा"लाई व्यवहारमा उतार्नुका साथै अति अविकसित मुलुकका लागि सहयोगलाई बढाएर अझ देश तथा सर्वसाधारणलाई विकासको फाइदा पूर्याउनुपर्ने सीले दोहोर्याउनुभएको छ।

जानकारी तथा लेखहरु