फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौतर्फी खुलापनको नयाँ प्रारुप गतिशील बनिरहेको चिनियाँ राष्ट्रपति सीको भनाइ

(GMT+08:00) 2019-11-05 11:04:50

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज नोभेम्बर ५ तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई सम्बोधन गर्ने क्रममा विदेशका लागि चीनको खुलापन सर्वतोमुखी तथा चौतर्फी रहेको भन्दै चीनमा चौतर्फी खुलापनको नयाँ प्रारुप गतिशीलतका साथ अघि बढिरहेको विचार व्यक्त गर्नुभएको छ।

चीनले स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको विकासलाई निरन्तर रुपमा प्रोत्साहन गर्नुका साथै हाईनानको स्वतन्त्र व्यापार बन्दरगाहको गतिशीलताका साथ निर्माण गर्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। चीनले पैचिङ, थ्येन्चिन, ह पैको समन्वयात्मक विकास, याङ सी नदी वारिपारीको आर्थिक क्षेत्रको विकास, याङ सी नदी त्रिकोण क्षेत्रको एकीकृत विकास, क्वाङ तुङ, हङकङ तथा मकाउको विशाल खाडी क्षेत्रको निर्माणलाई अघि बढाउने जानकारी पनि उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु