फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा वैदेशिक खुलापन गर्ने पाँचवटा कदम सार्वजनिकः राष्ट्राध्यक्ष सी

(GMT+08:00) 2019-11-05 11:12:23

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले ५ तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एकस्पोको उद्धाटन समारोहलाई सम्बोधन गर्दै चीनले वैदेशिक खुलापनलाई निरन्तरता दिने पाँचवटा कदम सार्वजनिक गर्नुभएको छ। ती पाँच वटा कमदहरूमा बजारलाई अझ खुला पार्ने, खुलस्त बनौटलाई अझ पूर्णता दिलाउने, कारोबार तथा व्यापारको वातावरणलाई अझै श्रेष्ठ पार्ने, द्विपक्षीय तथा बहुपक्षीय सहयोगलाई अझै गहिरो पार्ने र "बेल्ट एण्ड रोड"को सँयुक्त निर्माणलाई अझ बढाउने विषय समावेश छन्।

राष्ट्राध्यक्ष सीले चीनको आर्थिक विकासको भविष्य अवश्य पनि उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले चीनले सँयुक्त विकास साकार तुल्याउनका लागि अझ खुला भएर विभिन्न मुलुकका लागि अझ बजारमूलक मौका, लगानी मौका तथा आर्थिक वृद्धि मौका प्रदान गर्ने पनि वयक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु