फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला तथा नवीन सिर्जनायुक्त विश्व अर्थतन्त्रको साझा निर्माणका लागि ज्ञानमाथिको नाकाबन्दी हटाउनुपर्ने सीको धारणा

(GMT+08:00) 2019-11-05 11:27:07

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ५ तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै विभिन्न देशसँग खुला तथा नयाँ सिर्जनशील साझा विश्व अर्थतन्त्रको निर्माण गर्न आह्वान गर्नुभएको छ। उहाँका अनुसार, ज्ञानको नाकाबन्दी गरिनुहुँदैन। त्यसो गर्नाले विज्ञान तथा प्रविधिबीचको अन्तरलाई व्यापक बनाउन सक्दैन।

सीका अनुसार, नयाँ सिर्जना विश्वको अर्थतन्त्रको दिगो विकासका लागि आवश्यक छनौट हो। वर्तमान नयाँ चरणको विज्ञान तथा प्रविधिको क्रान्ति र उद्योगको सुधार महत्वपूर्ण ऐतिहासिक कालमा रहेको छ। विभिन्न देशले नयाँ सिर्जना तथा सहयोगलाई सबल पार्नुपर्छ। विज्ञान तथा प्रविधि र अर्थतन्त्रको गहिरो एकीकृतलाई अगाडि बढाउनुपर्छ। नयाँ सिर्जनाको उपलब्धिको साझा शेयरिङलाई सबल पार्नुपर्छ। विज्ञान, प्रविधि र दक्ष जनशक्ति लगायत नयाँ सिर्जनाका कारक तत्वको आवत-जावतको अवरोधलाई भंग गर्नुपर्छ र व्यवसायमा स्वतन्त्र रूपमा प्राविधिक आदान-प्रदान तथा सहयोगलाई समर्थन गर्नुपर्छ।

विज्ञानको अझ राम्ररी प्रयोग गरी मानवजातिलाई फाइदा पुर्याउनका लागि बौद्धिक सम्पत्तिको सुरक्षालाई सबल पार्नुपर्छ। ज्ञानको नाकाबन्दी गर्नुहुँदैन र विज्ञान तथा प्रविधिको अन्तरलाई व्यापक बनाउनुहुँदैन भन्ने कुरा सीले प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु