फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुला विश्व अर्थतन्त्रको निर्माणको प्रवर्द्धन नै"चीनको शक्ति"

(GMT+08:00) 2019-11-05 15:45:27

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले आज नोभेम्बर पाँच तारिख दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा"खुलापन तथा सहयोग र भाग्यको सहअस्तित्व" शीर्षकमा सम्बोधन गर्नुभएको छ। ऐतिहासिक मुख्य प्रवृत्ति र मानव जातिलाई प्रथमिकतामा राख्नुको द्दष्ठिकोणबाट अर्थतन्त्रको भूमण्डलीकरणको प्रवर्द्धनका लागि तीन निर्णय प्रस्ताव प्रस्तुत गर्दै उहाँले चीनले निरन्तर खुलापन सम्बद्ध अझ उच्चस्तरीय पाँच महत्वपूर्ण कदमको प्रवर्द्धन गर्दै जाने घोषणा गर्नुभएको छ।

खुलापन नै वर्तमान चीनको स्पष्ट प्रतीक हो। आयात एक्स्पोको संयोजन चीनले सक्रिय रुपमा विश्वसमक्ष आफ्नो बजारलाई खुल्ला बनाउने एक महत्वपूर्ण गतिविधि हो। गत वर्षको पहिलो एक्स्पोमा राष्ट्राध्यक्ष सीले विदेशका लागि चीनको खुलापन सम्बद्ध पाँच कदम सार्वजनिक गर्नुभएको थियो। एक वर्षपछि सीले यी कदमलाई व्यवहारमा उतारेको खास अवस्थाबारे जानकारी दिनुभएको छ। व्यवहारमा उतारिँदै गएका यी कदमहरुबाट चीनले विश्वसमक्ष बचनबद्धता बहन गर्ने प्रमाणित भएको छ।

केही वर्षयता संरक्षणवाद, एकपक्षीयवाद बढ्दै गएको प्रभावमा परी सारा विश्वको भूमण्डलीकरणका सामु चुनौति देखापरेको छ। विश्वको अर्थतन्त्रको विकास प्रवृत्तिलाई हेर्ने र विकास बाधालाई पार गर्ने विषयमा पूरै अन्तर्राष्ट्रिय समाजले यी समस्याको समाधानका लागि प्रयास गरिरहेको छ। यसप्रति राष्ट्राध्यक्ष सीले सधैं नै गहन तथा स्पष्ट धारणा लिनुभएको छ। दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा उहाँले पुन आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो "फर्केको लहर र पानीभित्रको चट्टान भेटे पनि नदी बिना अवरोध अगाडि बग्ने प्रवृत्तिलाई कुनै पनि शक्तिले रोक्न सक्दैन।" चीनका सर्वोच्च नेताद्वारा गरिएको यो महत्वपूर्ण विश्लेषणले सर्वसाधारणलाई विश्वको अर्थतन्त्र विकासको नियमित ढाँचाको अनुसन्धानका लागि सहयोग भूमिका सिर्जना गरेको छ।

विश्वको दोस्रो ठूलो आर्थिक समूह एवं एक दायित्वबोध मुलुकको रुपमा चीनले आफ्नो खुलापनको ढोकालाई विस्तार गर्दै जाने स्पष्ट बचनबद्धता गरेको छ। एक अझ खुला चीनको पछाडि बलियो तथा शक्तिशाली आर्थिक समर्थन हुनुपर्छ भन्दै एक अर्ब चालिस करोड जनसंख्या रहेको र विश्वको सबैभन्दा ठूलो परिमाणको मध्यम आय जनसमूह रहेको चीनले लगातार धेरै वर्षयता सारा विश्वको अर्थतन्त्रको बृद्धिका लागि तीन प्रतिशतभन्दा बढी योगदान सिर्जना गरेको उहाँले औँल्याउनुभयो। चीनको अर्थतन्त्रको भावी विकास अझ उज्यालो बन्दै जाने आवश्यक रहेको कुरामा उहाँले जोड दिनुभयो।

"चीनको बजार यति ठूलो छ, सबैलाई यहाँ स्वागत छ।" यो राष्ट्राध्यक्ष सीले दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वसमक्ष पठाउनुभएको हार्दिक निमन्त्रणा हो।

जानकारी तथा लेखहरु