फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा हङकङका प्रमुख लिनसँग भेटवार्ता

(GMT+08:00) 2019-11-05 16:42:00

नोभेम्बर चार तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिन फिङले शाङ हाइमा हङकङ विशेष प्रशासन क्षेत्रका प्रमुख कार्यकारी लिन चङ युए असँग भेट गर्नुभएको छ।

लिन चङ युए अबाट हङकङको पछिल्लो अवस्थाको प्रतिवेदन सुन्नुभएपछि राष्ट्राध्यक्ष सीले हङकङको नियम संशोधन गतिबिधि पाँच महिनासम्म भइरहेको क्रममा विशेष प्रशासन क्षेत्र सरकारको नेतृत्व गरी धेरै काम गरेको भन्दै लिनमाथि केन्द्रीय सरकारको उच्च विश्वास रहेको बताउनुभयो। उहाँले लिन र व्यवस्थापन दलको कार्यमाथि केन्द्रीय सरकारको सक्रिय मूल्याङ्कन रहेको पनि बताउनुभयो। हिंसा रोकेर व्यवस्थाको पुनःरूत्थान गर्नु नै वर्तमान हङकङको प्रमुख कार्य रहेको भन्दै कानुन बमोजिम हिंसात्मक गतिबिधिको प्रतिरोध तथा सजाय गर्नु नै हङकङ सर्वसाधारणको हितमा रहेको कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनुभयो। समाजका विभिन्न क्षेत्रसँगको वार्ता र जनजीवन सुधारलगायत कार्यको राम्रोसँग गर्नुपर्ने कुरामा उहाँले निर्देशन दिनुभयो। हङकङका विभिन्न क्षेत्रका व्यक्तिले एक देश दुई प्रणाली नीति र आधारभूत ऐनको पालना गरी हङकङको समृद्धि तथा स्थिरताको संरक्षण गर्ने आशा आफूले लिएको पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु