फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षद्वारा विदेशी नेतासँग एक्स्पोको निरीक्षण

(GMT+08:00) 2019-11-05 18:32:29

दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा भाग लिएपछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विदेशी नेता अथितिहरुसँग एक्स्पोको संयुक्त निरीक्षण गर्नुभएको छ।

फ्रान्सेली राष्ट्रपति इमानुल माक्रोनसँग राष्ट्राध्यक्ष सीले फ्रान्सेली पेविलियनको निरीक्षण गर्नुभयो। सो अवसरमा राष्ट्राध्यक्ष सीले चीनको विशाल उपभोग बजार रहेको र यसले विभिन्न तहका विविध मागलाई पूरा गर्ने बताउनुभयो। फ्रान्सेली व्यवसायीले दीर्घकालीन दृष्टिकोण लिँदै चीनसँग आपसी पारस्परिक सहयोगलाई मजबुत बनाउने आशा चीनले लिएको उहाँले औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीका अनुसार विभिन्न मुलुकको विशेष उत्पादित बस्तुसँग प्रतिस्पर्धा शक्ति रहेको छ। विभिन्न मुलुकलाई एक्स्पोमा स्वागत गरेर चिनियाँहरुले राम्रो जीवनका लागि गर्ने अपेक्षालाई मिलाउन सक्नेछन्। यो एक पारस्परिक हित तथा साझा फाइदाको विषय हो।

सबै विदेशी नेताहरुले चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोलाई उच्च मूल्याङ्कन गर्दै यसलाई अवसरको रुपमा लिइ चीनसँगको द्बिपक्षीय आर्थिक तथा व्यापारिक सहयोगलाई उकास्ने आशा गरेका छन्।

जानकारी तथा लेखहरु