फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आयात एक्स्पोमा विभिन्न मुलुकका वाणिज्य क्षेत्रका व्यक्तिद्वारा प्रशंसा

(GMT+08:00) 2019-11-06 18:31:57

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनको शाङहाइमा भइरहेको छ। एक्स्पोमा सहभागी विभिन्न मुलुकका वाणिज्य क्षेत्रका व्यक्तिले एक्स्पो र चीनको वैदेशिक खुलापन कदमको उच्च प्रशंसा गरेका छन्।

फ्रान्स लओरिय ग्रुपका सीइओ जीन पौल अगोनले चीन र फ्रान्स बहुपक्षवाद र स्वतन्त्र व्यापारका दृढ समर्थक र प्रबर्द्धक हुन् भन्दै दुई देशले मिलेर खुला विश्व अर्थतन्त्र र आर्थिक विश्वव्यापीकरणलाई बढाएर दुई देश र विश्वका जनतालाई फाइदा पुर्‍याउने बताउनुभयो।

विश्व व्यापार संगठनको अपील संस्थाका पूर्व प्रमुख न्यायाधिश जाम्स बाखुसले आयात एक्स्पोको आयोजनाबाट विश्वसमक्ष चीनको खुला अठोट देखिएको भन्दै चीनले निर्यात मात्र गर्दैन तर अरू देशबाट आयात पनि गर्छ अनि झनै बढी व्यापार भए झनै ठूलो खुला हुने विचार व्यक्त गर्नुभयो।

क्लब मेडको ग्लोबल महा प्रबन्धक एवं सिइओ हेन्रि गिस्कार्ड दएस्ताइङले आयात एक्स्पो एक निकै आकर्षणपूर्ण मञ्च रहेको जसले विश्वका व्यवसायलाई चिनियाँ बजार बुझ्ने र अझ राम्रोसँग चिनियाँ बजारलाई सेवा प्रदान गर्ने मौका प्रदान गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु