फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"होङछ्याउ बुद्धिमता"द्वारा खुला तथा नविन शक्ति सिर्जना हुने

(GMT+08:00) 2019-11-07 17:09:08

"खुलापन तथा नविनता समष्टिगत प्रवृत्ति हो","केवल असल सहयोगले साझा विकासलाई व्यवहारमा उतार्नसक्छ।"…..हाल दुई दिनयता दोस्रो चीन अन्तर्राष्ट्रिय एक्स्पोको एक महत्वपूर्ण भागको रुपमा होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चमा धेरै सक्रिय विचारधारा सुन्नसकिन्छ। चार हजारभन्दा बढी चिनियाँ तथा विदेशी व्यक्तिहरुले अर्थतन्त्रको भूमण्डलीकरण, बहुपक्षीय व्यापारिक प्रणालीको संरक्षण आदि सम्बन्धमा सुझाव प्रस्तुत गर्दै "खुला नविना, सहयोग तथा साझा फाइदा" भन्ने बलियो आवाज प्रस्फुटन गरेका छन्।

वर्तमान व्यापार संरक्षणवाद र एकपक्षीयवाद बढ्दै गएको, अर्थतन्त्रको भूमण्डलीकरणका सामु उल्टो शक्ति देखापरेको, विश्व अर्थतन्त्रको बृद्धि सुस्त भएको र विभिन्न मुलुकले स्वतन्त्र व्यापारको संरक्षण गर्ने इच्छा झन् झन् बढी ठूलो भएको पृष्ठभूमिमा होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चले राजनीतिक तथा वाणिज्य क्षेत्रमा एक उच्च तह वार्ता चौतारोको रुपमा वाणिज्य वातावरण, कृत्रिम बुद्धिमत्ता,विश्व व्यापार संगठनको सुधार, इ-वाणिज्य आदि विषयलाई जोड दिन्छ। सम्बद्ध मुलुक तथा क्षेत्रका 60 भन्दा बढी राजनीतिज्ञ, वाणिज्य नेता, नामी विद्वानको निमन्त्रणा गर्दै यस मञ्चले विश्वको अर्थतन्त्रको स्वास्थ्य विकासका लागि"होङछ्याउ बुद्धिमता" सिर्जना गरेको छ।

वास्तविकताबाट पूर्ण प्रमाणित छ भने खुलापन तथा सहयोगले मात्र नै साझा फाइदालाई व्यवहारमा उतार्न सक्ने छ। अन्तर्राष्ट्रिय आयात एक्स्पो एक राम्रो उदाहरण हो। चीनले सक्रिय रुपमा विदेशका लागि खुलापनलाई विस्तार गर्ने महत्वपूर्ण कदमको रुपमा पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पमा 57 अर्ब 83 करोड अमेरिकी डलरको सहयोग रकम पाइएको थियो। एक वर्षयता प्रशस्त विदेशी उत्पादित बस्तु चिनियाँ बजारमा प्रवेश गरेको छ। हाल दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पो धुमधामसँग भैरहेको छ। यो एक्स्पो एक व्यापार सहयोग मञ्च मात्र नभइ सूचना तथा विचारलाई मिलाउने र आदानप्रदान गर्ने एक बहुपक्षीय चौतारो पनि हो। विभिन्न प्रदर्शनी क्षेत्रबाट होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चसम्म खुलापन तथा नविनताको आवाज सुन्नसकिन्छ। जसले अर्थतन्त्रको भूमण्डलीकरणको समर्थन शक्तिलाई मिलाएर विश्व अर्थतन्त्रको विकासका लागि सहयोगी भूमिका सिर्जना गर्ने छ।

जानकारी तथा लेखहरु