|
|
|
|||||||||
|
||

नोभेम्बर ७ तारिख चाइना मिडिया ग्रुपअतर्गत क्वाङ तुङ, हंगकंग तथा मकाउ ठूलो खाडी क्षेत्र केन्द्रको औपचारिक रूपमा सञ्चालन आरम्भ भएको छ। साथै ठूलो खाडी क्षेत्रको आवाज विषयक मोबाइल फोन नयाँ मिडिया प्लेटफार्म पनि सञ्चालनमा आएको छ।

सोहि दिन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरो सदस्य एवम् क्वाङ तुङ प्रान्तीय कमिटीका महासचिव ली सी, चिनियाँ कम्युनिष्ट पार्टीका उप-प्रचार मन्त्री एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शङ हाई स्यौ, क्वाङ तुङ प्रान्तीय कमिटीका उप-महासचिव एवम् शनचन शहरीय कमिटीका महासचिव वाङ वै चुङले चाइना मिडिया ग्रुपअतर्गत क्वाङ तुङ, हंगकंग तथा मकाउ ठूलो खाडी क्षेत्र केन्द्र र ठूलो खाडी क्षेत्रको आवाज विषयक नयाँ मिडिया प्लेटफार्मको उद्धाटन गर्नुभएको छ।

मिडिया ग्रुपका महानिर्देशक शन हाई स्यौले सम्बोधन गर्दै क्वाङ तुङ, हंगकंग तथा मकाउ ठूलो खाडी क्षेत्रको निर्माण महासचिव सी चिनफिङले योजना र तर्जुमा गर्नुभएको महत्वपूर्ण राष्ट्रिय रणनीति भएको पनि बताउनुभयो। शनचन शहरमा ठूलो खाडी क्षेत्र केन्द्रको स्थापनाबाट उक्त रणनीतिलाई प्रवर्द्धन गर्ने ठोस कदमको रूपमा क्वाङ तुङ, हंगकंग तथा मकाउ क्षेत्रमा चाइना मिडिया ग्रुपको प्रसार नयाँ उचाइमा पुगेको देखिन्छ।

| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||