फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# चीन र बेलायतको सुनौलो युगमा दुई वटा शहरबीचको मित्रता

(GMT+08:00) 2019-11-08 15:46:03

बेलायतको बाथबारे धेरैलाई थाहा छ। धेरै जना परिचित पनि छन्। बाथ बेलायतको एक मात्रै विश्व सांस्कृतिक सम्पदा शहर हो। त्यहाँ दुई हजार वर्षको इतिहास बोकेको प्राचीन रोम स्पाको राम्रोसँग संरक्षण गरिएको छ। चीन र बेलायतको सुनौलो युगमा बाथ र चीनको ची नान शहरले मैत्रीपूर्ण शहरको सम्बन्ध गाँसेका छन्। बेलायतको बाथ शहरको पर्यटन व्यूरोको निर्देशकीय बोर्डका उपाध्यक्ष मार्टिन भिएलले दुई वटा शहरबीचको मित्रताका लागि ठूलो योगदान दिनुभएको छ।

बेलायतको बाथ शहरको पर्यटन व्यूरोको निर्देशकीय बोर्डका उपाध्यक्ष मार्टिन भिएलले विगत चार वर्षमा सात पटक चीनको भ्रमण गर्नुभयो। तीमध्ये उहाँले छ पटक त चीनको ची नान शहरको मात्र भ्रमण गर्नुभएको हो। उहाँले नौ हजार किलोमिटरको दूरीको बाथ र ची नानबीचको मैत्रीपूर्ण सम्बन्धका लागि पुल खडा गर्नुभएको छ। भिएलकाअनुसार, यी दुबै शहरबीच धेरै समानता छ। खास गरी दुई वटा शहरको विशेष प्राकृतिक जलस्रोत र दीर्घकालीन इतिहासको संस्कृति छ। भिएल भन्नुहुन्छ "बाथ पर्यटन व्यूरोको निर्देशकीय बोर्डका उपाध्यक्षका हैसियतमा मैले चीनको ची नानको प्रतिनिधि मण्डलसँगै बाथको अवलोकन र निरीक्षण गरेको छु। रोम स्पा र अरु स्पाहरू उनीहरूले अवलोकन गर्ने मुख्य ठाउँहरू हुन्। स्पाले स्थानीय अर्थतन्त्रको विकासलाई बढाएको विषयप्रति उनीहरूले चासो लिएका छन्। त्यसैले उनीहरूले पनि मलाई ची नानको भ्रमण गर्न निमन्त्रण गरेका छन्।"

1  2  
जानकारी तथा लेखहरु